विराटनगर ३० वैशाख । विराटनगर ४ खारजी कोहवराको ज्योति आधारभुत विद्यालयका विद्यार्थीलाई छात्रबृत्ति वितरण गरिएको छ ।
विराटनगर ४ का श्रीप्रसाद गौतमले आफ्ना बुवा, आमा र श्रीमतीको नाममा स्थापना गर्नुभएको ‘भवनाथ–बालकुमारी–जोगमाया अक्षयकोष’ बाट सो विद्यालयको कक्षा ४ मा अध्ययनरत जेहन्दार छात्रा अनु ऋषिदेव र छात्र राज ऋषिदेवलाई नगद ५/५ हजार प्रदान गरिएको हो ।
सोही अवसरमा विराटनगर ४ जामुनगाछीकी क्यान्सर पीडित बन्दना पौडललाई पनि १० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ ।
छात्रबृत्ति तथा आर्थिक सहयोग वितरण कार्यक्रममा प्रदेश सांसद केदार कार्की, विराटनगर ४ का अध्यक्ष जितन थापा, गौतम सेवा समितिका पदाधिकारी , बिद्यालय व्यवस्थापन समितिका वर्तमान तथा निवर्तमान अध्यक्षहरु, विद्यालयका शिक्षक, विद्यार्थी, आफन्त, टोलबासी लगायतको उपस्थिति रहेको कोषका अध्यक्ष श्रीप्रसाद गौतमले जानकारी दिनुभयो । ।