नेरुडे र मिर्मिरेले संयुक्त वित्तिय कारोबार गर्ने

विराटनगर १० वैशाख । नेरुडे लघुवित्त वित्तिय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड एकापसमा गाभिएका छन् । दुवै वित्तिय संस्थाले गाभिएर नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडबाट बैंकिङ कारोबार गर्ने भएका छन् ।

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले विराटनगरमा आज विशेष साधारण सभा गरि मर्जर सम्बन्धिको प्रस्ताव पारित गरेको हो । डा.भेषप्रसाद धमलाको अध्यक्षतामा भएको सभामा संयुक्त मर्जर कमिटीका संयोजक तथा नेरुडेका सञ्चालक मणिकुमार अज्र्यालले मर्जरको आवश्यकता र औचित्यताबारे प्रकाश पार्नु भएको थियो । सभाले नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने-गाभिने सम्बन्धी अन्तिम प्रस्तावहरुलाई पारित गरेको हो ।

दुबै लघुवित्त कम्पनिको शेयर अनुपात क्रमश १ : १ कायम गर्ने, एक आपसमा गाभ्ने-गाभिने सम्बन्धी कार्यको लागि गरिएको अन्तिम सम्झौंता पत्र तथा अन्य भए गरेका मर्जर सम्बद्ध सम्झौताहरुको अनुमोदनगर्ने, चल-अचल सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदन तयार गर्नका लागि नियुक्त लेखापरीक्षक-मुल्यांकनकर्ताको नियुक्ति तथा पारिश्रमिकको अनुमोदन, एक आपसमा गाभ्ने-गाभिने प्रयोजनको लागि बाँकी काम कारवाही-प्रक्रिया अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी दिनुका साथै सञ्चालक समितिमा हुने फेरबदल, तथा सञ्चालक समितिको कार्यकाल सम्बन्धि प्रस्ताव समेत पारित भएको छ । यसका अतिरिक्त प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने, पूँंजी संरचना परिर्वतन लगायतका सम्पूर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित गरेको छ ।

विराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरुडे लघुवित्त लिमिटेड र काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड बीच गत पुस ११ गते मर्जरमा जाने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो । गत माघ २६ गते नेपाल राष्ट्र बैंकबाट सैद्घान्तिक सहमति प्राप्त गरी मर्जर सम्बन्धिको कामकारवाही अगाडी बढाईएको थियो ।