विराटनगर २४ चैत । माईती नेपाल विराटनगरले ३१ औं बार्षिकोत्सव मनाएको छ । कुनै तामझाम नगरी विराटनगरका तीनवटा वडामा गठन गरिएको सञ्जालको कार्ययोजना बैठक गर्दै माईती नेपालले स्थापनाको ३१ औं बर्षगाँठ मनाएको हो ।
विराटनगर १३, १५ र १६ को वडा स्तरीय संजालसमूहहरु संगको कार्ययोजना वैठक कार्यक्रम गरि बार्षिकोत्सव मनाईएको माईती नेपाल विराटनगर शाखाका संयोजक विनोद पोखरेलले बताउनुभयो । बैठकमा विराटनगर १५ का संयोजक दिपा पौड्याल, १६ का संयोजक कमला सुब्वा र १३ का संयोजक कुन्ति देवी यादवले वडा, टोलमा कुनैपनि हिंसाको घटनाहरु हुन नदिनका लागि सक्रिय रुपमा कार्य हुँदै आएको बताउनु भएको थियो ।
आगामी दिनमा माइती नेपालले सञ्जाललाई अझ सवल वनाउन, विभिन्न कानुनी तथा वेचविखन विरुद्धको तालिमहरुको आयोजना गराउने, वडा स्तरमा संजालले विभिन्न आवश्यकता अनुशारको सचेतना तालिमहरु राख्ने लगायतका विषयमा छलफल भएको माइती नेपाल विराटनगरकीे मनोपरामर्शकर्ता गीताञ्जली शर्माले जानकारी दिनुभयो । बैठकमा सञ्जालका संयोजकहरु ल्गायत गरि २५ जनाको सहभागिता रहेको थियो ।