राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बन, छानवनि समिति गठन

विराटनगर, २६ चैत । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डेप्युटी गभर्नर निलम ढुंगानालाई कार्यबाहकको जिम्मेवारी दिइएको एक मन्त्रीले जानकारी दिएका छन ।

गर्भनरले विलासी बस्तु आयात रोक्न अर्थ मन्त्रालयले दिएको निर्देशनसम्बन्धी सूचना चुहाएको लगायतका गम्भीर आरोप लगाउँदै उनीविरुद्ध छानबिन गर्नका लागि अनौपचारिक टिम बनाउने विषयमा पनि छलफल भएको थियो ।

अधिकारीको योग्यता नपुगेको भन्दै उनीविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा परेको थियो । मुलुकमा आर्थिक संकटको अवस्था सिर्जना भएको र यस्तो अवस्थामा सूचना चुहाउने गरेको आरोप उनीमाथि लागेको छ । उनी विरुद्ध छानवीनका लागि सरकारले पुर्वन्यायाधिवक्ता पुरुषोत्तम भण्डारीको संयोजकत्वमा छानवीन समिति गठन गरेको छ ।