निर्वाचन आचार संहिता लागू , के–के गर्न पाईने छैन ?

विराटनगर, २५ चैत । स्थानीय तह निर्वाचनका लागि आचार संहिता लागू भएको छ । निर्वाचन आयोगले शुक्रबार पत्रकार सम्मेलन गरी आचार संहिता आजकै मिति देखि लागू भएको जनाएको हो ।

आचार संहिता अनुसार कसैको पक्ष विपक्षमा सञ्चार माध्यममा मात्र होइन, सामाजिक सञ्जालमा पोस्ट वा शेयर गर्न पनि पाइने छैन । दल वा उम्मेदवारले आधिकारिक पेजमा मात्र प्रचार गर्न पाउने आयोगले प्रष्ट पारेको छ ।

झोला, टिसर्ट, क्याज जस्ता सामाग्री छाप्न र वितरण गर्नसमेत रोक लगाइएको आयोगले जनाएको छ । आचारसंहिता लागु भएपछि वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत झएका बाहेक कार्यक्रम गर्न, नयाँ नीति, योजना र कार्यत्रम घोषणा गरी स्वीकृत गर्न पाईने छैन । कुनै नयाँ योजनाको सिलान्यास, उद्घाटन, सर्वेक्षण गर्न तथा अध्ययनका लागि अनुदान दिन समेत नपाइने आयोगले जनाएको छ । त्यस्तै, आयोगको अनुमति बेगर सरकारी कर्मचारी र पदाधिकारी विदेश भ्रमणमा जान समेत नपाउने आचारसंहितामा उल्लेख छ ।

स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्न नहुने, कार्यक्रम गर्नुभन्दा ७२ घण्टाअघि स्थानीय प्रशासन र प्रहरीलाई जानकारी दिनुपर्ने प्रावधान आचारसंहितामा रहेको छ ।