कानेपोखरी सामाजिक सम्पर्क समितिद्धारा एकल छोरी हुने ४ दम्पति सम्मानित

विराटनगर ६ फागुन । विराटनगर कानेपोखरी सामाजिक सम्पर्क समितिको नयाँकार्य कार्यसमिति सर्वसम्मत चयन भएको छ । संस्थाको पाँचौं साधारणसभा तथा दोस्रो अधिवेशनले २१ सदस्यीय कार्यसमितिको चयन गरेको हो ।

समितिको अध्यक्षमा प्रेम खड्का, सहअध्यक्षमा बद्रीविक्रम थापा, महासचिवमा नरहरी निरौला र कोषाध्यक्षमा प्रेम खत्री चयन भएका छन् । १५ सदस्यीय कार्यसमितलाई बिस्तार गरेर २१ सदस्यीय बनाउने प्रस्ताव अधिवेशनले सर्वसम्मत रुपमा पारित गरेको थियो ।

अधिवेशन उद्घाटन कार्यक्रम एउटैमात्र छोरी हुने चार दम्पतिलाई सम्मान गरिएको थियो । त्यसरी सम्मानित हुने दम्पतिहरुमा बावुराम सुमा बुढाथोकी, गणेश रमा खत्री, हेमप्रसाद दुर्गादेवी खतिवडा र पुन्यप्रसाद सुस्मा लुईँटेल रहेका थिए ।

त्यस्तै ९३ देखि ९९ वर्ष उमेर समूहका पाँच जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । त्यसरी सम्मानित हुनेहरुमा ९९ सय वर्षीय छविलाल गुरागाईँ, ९३ वर्षीय नन्नदराम भट्टराई, ९३ वर्षीया मनमाया थापा, ९३ वर्षीय लोकनाथ ढुंगाना र ९३ वर्षीया हरिमाया ढुंगाना रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि विराटनगर–३ का वडाध्यक्ष बावुबहादुर बस्नेतले ज्येष्ठ नागरिक र एकल छोरी जन्माउने व्यक्तिहरूलाई दोसल्लाह र अबिरमाला लगाएर सम्मान गरेका थिए ।

कार्यक्रममा प्रदेश १ का पूर्वसभासद सुयर्माराज राई, होक्लाबारी गाविसका पूर्वअध्यक्ष योगेन्द्र बस्नेत, पत्रकार दिपेन न्यौैपाने, वडा ३ का सदस्य सुरज न्यौपानेले संस्था विकासका लागि विभिन्न सुझाब दिएका थिए ।