विराटनगर १४ माघ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले फागुन २८ गते अगावै राष्ट्रपति पदको निर्वाचन हुनुपर्ने बताएका छन् । सो मिति अगावै निर्वाचन नभए मुलुकमा अनिष्ट हुने उनको भनाइ छ ।
शनिबार नेपाल प्रेस युनियन प्रदेश १ को प्रथम अधिवेशन उद्घाटन कार्यक्रममा नेता कोइरालाले सो कुरा बताएका हुन । डा. कोइरालाले भने, ‘राष्ट्रपति निर्वाचन पछि धकेल्नका लागि ईफ बट आवस्यक छैन ।’ नेपाली कांग्रेसले राष्ट्रपति पदमा उम्मेदवारी दिने उनले बताए । सभामुख र राष्ट्रपति एउटै पार्टीको हुँदा मुलुकमा बेथिति भएको बताए । डा. कोइरालाले भने, ‘संसदबाट बजेट आएन, संसदबाट पारित विधेयक राष्ट्रपतिले अड्काएर राख्नु भयो ।’
नेता डा. कोइरालाले नेपाली कांग्रेस ठुलो पार्टी भए पनि सरकार बनाउने अवसर गुमाएको बताए । अघिल्लो कार्यकाल पनि
एमाले र माओवादीकै कारण कारण कांग्रेस नेतृत्वमा पुगेको भन्दै अहिले प्रतिपक्षमा रहेपनि फेरि पहिलेको जस्तो अवस्था नहोला भन्न नसकीने बताए ।