विराटनगर ८ द्धारा मधुमेह र रक्तचाप परीक्षण

विराटनगर ३० पुस । विराटनगर महानगरपालिका वडा नम्वर ८ ले हरेक महिनाको अन्तिम शुक्रबार जेष्ठ नागरिकसँग जनप्रतिनिधि कार्यक्रम अन्र्तगत स्वास्थ्य परीक्षण गर्दै आएको छ ।

पुस महिनाको अन्तिम शुक्रबार पनि न्युरो कार्डियो अस्पतालको प्राबिधिक सहयोगमा वडाका जेष्ठ नागरिकहरुको मधुमेह र रक्तचाप परीक्षण गरीएको वडाध्यक्ष राम पोखरेलले बताउनुभयो । जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण वडा कार्यालयमा गरिएको थियो ।

वडा कार्यालयले स्वास्थ्य स्वयंसेविका मार्फत घर–घरमा गएर पनि जेष्ठ नागरिकहरुको मधुमेह र रक्तचापको परीक्षण कार्य निरन्तररुपमा गर्दै आएको वडाध्यक्ष पोखरेलले बताउनुभयो । उहाँका अनुसार सार्वजनिक विदाको दिन बाहेक वडाबाटै आधारभुत स्वास्थ्य सेवाहरु विस्तार गरिएको छ ।