विराटनगर, २ कात्तिक । मोरङ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) को तर्फबाट सर्वसम्मत उम्मेदवार बनेर ऋषिकेश पोखरेल यतिबेला चुनावी अभियानमा व्यवस्त छन् ।
हाल उनी मतदाता माझ पुगेर स्थानीय आवश्यकताका विषयमा सुझाव संकलन गर्न ब्यस्त छन् । अन्य उम्मेदवार सांसदले गर्नै नसक्ने खालका विभिन्न झुटा आश्वासन बाँड्दै र जनतामा भ्रछ छर्दै हिँडीरहँदा पोखरेल भने सो क्षेत्रको चौतर्फी विकासका लागि स्थानीय सरोकार र आवश्यकताका विषयमा सुझाव संकलन गरिरहेका छन् । उनले जनतासँग कार्यान्वयन गर्नसक्ने सुझावहरु लिइरहेका छन् ।
पोखरेल केन्द्रीय राजनीतिमासमेत प्रभाव पार्ने प्रभावशाली नेता हुन् । देशभरीमा सवैभन्दा धेरै पार्टी सदस्य रहेको र प्रदेश १ को राजधानी रहेको मोरङ जिल्लाको पार्टी अध्यक्षसमेत भएकाले पोखरेलको राष्ट्रिय राजनीतिमा पनि प्रभाव छ । उनकै नेतृत्वमा मोरङमा सांगठनिकरुपमा एमाले निकै शक्तिशालि छ ।
२०७४ सालको निर्वाचनमा मोरङमा केही पालिका मात्र जितेको एमालेले पोखरेलकै नेतृत्वमा गत ३० वैशाखमा सम्पन्न स्थानीयतह निर्वाचनमा जिल्लाका अधिकांश पालिका र वडाहरु जित्न सफल भएको छ ।
रतुवामाई–५ उल्लुघुटु घर भएका पोखरेल स्थानीय समस्यासँग जानकार नेता हुन् । उनी सो क्षेत्रमै लोकप्रीय र प्रभावशाली नेता हुन् । पोखरेल २०४० सालमा सुनवर्षी माध्यमिक विद्यालयमा कक्षा–६ मा अध्यनरत छँदै सो विद्यालयमा अनेरास्ववियुको प्रारम्भिक कमिटी अध्यक्ष भएर राजनीतिमा लागेका हुन् ।
त्यसपछी इटहरा माविबाट एस. एल. सि उतिर्ण भएका पोखरेल सो विद्यालयमा अध्यनरत हँदा अखिलको प्रारम्भिक कमिटिको सचिव रहेर काम गरे । सानैदेखि गाउँको विकासमा चासो राख्ने उनै पोखरेल पछि महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पसको अखिलको प्रारम्भिक कमिटी अध्यक्ष भए ।
उनले ०४६ सालको आन्दोलनमा आन्दोलन परिचालन कमिटीको सचिव भएपछी अग्र मोर्चामा रहेर आन्दोलनको कमाण्ड सम्हालेका थिए । यस विचमा विद्यार्थीका हक अधिकारका सवालमा आवाज उठाउँदै विद्यार्थी राजनीतिमा होमिएका उनी पार्टीका विभिन्न संगठनमा रहेर समेत गाउँको विकास निर्माण र समाज सुधारमा अग्रसर बनिरहे ।
उनै पोखरेल अखिलको मोरङ जिल्ला कमिटी उपाध्यक्ष, अध्यक्ष, कोशी अञ्चल कमिटीको सचिव र अध्यक्ष, केन्द्रीय सदस्य, केन्द्रीय सचिवालय सदस्य समेत भए । उनी २०५२ सालमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको स्ववियू सभापति हुदै स्वतन्त्र विद्यार्थी युनियनको पूर्वाञ्चल काउन्सील प्रमुखसमेत बन्न सफल भए ।
पछी विद्यार्थी राजनीति छाडेर पार्टीको राजनीतिमा जिल्ला कार्यालय सचिव भएर काम गरे । ५ कार्यकाल नेकपा (एमाले) मारङको जिल्ला कमिटि सदस्य भएका उनै पोखरेलले पार्टीको २ कार्यकाल सचिव भएर काम गरेका छन् ।
त्यसपछि माओवादी केन्द्रसँग पार्टी एकता पश्चात बनेको तत्कालिन नेकपा मोरङको अध्यक्ष र सर्बोच्च अदालतको फैसलापछि दुवै पार्टी पूर्वअवस्थामै फर्किदा अध्यक्षमा निरन्तरता पाए । त्यसको केही समयपछि २०७८ साल पुस २३ र २४ गते विराटगरमा सम्पन्न एमाले मोरङको नवौँ अधिवेशनबाट उनी पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।
सहकारी आन्दोल, विभिन्न सामाजिक कार्यमा संलग्नसँगै विभिन्न तहको पार्टी नेतृत्व र जिम्मवारीमा रहेर कुशलतापूर्वक भूमिका निर्वाह गरेका उनै पोखरेल २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा निर्वाचित भएका थिए । उनी संविधान निर्माण पश्चात बनेको संविधानसभा सदस्यहरुको संगठन संविधासभा परिषदको संस्थापक महासचिवसमेत हुन सफल भए ।
दोस्रो संविधानसभाको निर्वाचनमा साविकको क्षेत्र नं. १ तथा हालको क्षेत्र नं. २ मा नेपाली कांग्रेसका नेता तथा पूर्व शिक्षा मन्त्री आमोदप्रसाद उपाध्यायलाइ अत्याधिक मत अन्तरले पराजित गर्दैै उनी निर्वाचीत भएका थिए ।
निर्वाचन जितेपनि संविधानसभाको बैठक बाहेक अन्य समयमा स्थानीय जनताका माग संविधानमा संबोधनका लागि गाउँमै पुगेर सुझाव संकलन गरिरहन्थे । अर्को अर्थमा उनी प्राय गाउँकै जनतासँग विकास निर्माण सँगै सुखदुखमा सँधै घुलमिल भइरहन्थे र हालसम्म पनि हुँदै आएका छन् ।
संविधानसभाले संविधान निर्माण गरेपश्चात रुपान्तरित संसाद भएपछी उनले धेरै बजेट सो क्षेत्रमा खन्याउन सफल भएर अझ उनको लोकप्रीयता चुलियो । उक्त बजेटबाट अहिले प्रयाप्त मात्रामा सो क्षेत्रमा विकासको पूर्वाधार तयार भएको स्थानिय रमेश सिंह बताउँछन् ।
संविधानसभाको सदस्य हुँदा संविधान निर्माणको जिम्मा जनताले सुम्पिएकाले सो बमोजिमको दायीत्व उनले पुरा गरेरै छाडे । संविधानसभामा र त्यसपछि रुपान्तरित संसदमा सवैभन्दा बढी किसान, मधेशी, महिला, दलित, मुस्लीम, अल्पसंख्यक तथा सिमान्तकृत समुदायका सवालमा आवाज उठाउने मात्र नभई आफ्नो क्षेत्रका समस्या र जनताका मागहरु खरोरुपमा प्रस्तुत गरे ।
संविधानसभा सदस्य हुँदा पनि सो क्षेत्रको चौतर्फी विकासका लागि धेरै काम गर्दासमेत सस्तो लोकप्रीयताका लागि उनी कहिल्यै प्रचारमुखि बनेनन् । राजनीतिक ‘स्टन्ट’ र प्रचारमुखि भन्दा पनि जनताको प्रतिनिधिका रुपमा कामप्रती पोखरेल विश्वास गर्छन् ।
त्यसैले उनले गरेको कामको प्रचार हुन नसक्दा त्यसको फाइदा विपक्षीले लिए भने पोखरेलको पहलकदमीमा भए गरेका कामको जस पनि विपक्षीलेनै लिन खोजेको देखिन्छ ।
सो क्षेत्रमा निकै लोकप्रीय भएपनि २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा पोखरेल कांग्रेस नेता मिनेन्द्र रिजालसँग प्राविधिक कारणले थोरै मतान्तरले पराजित भएका थिए ।
निर्वाचनमा प्राविधिक कारणले पराजित भएपनि उनी आफ्नो समाज भन्दा पर रहेनन् । पोखरेल पार्टी संगठनका काम र स्थानीय जनसरोकारका विषयमा जहिल्यै अघि सर्दै आएका छन् । उनी निरन्तर सो क्षेत्रका गतिविधिमा सकृय सहभागिता जनाउँदै आएका छन् ।
चुनाव जितेर गाउँ नफर्किने नेताका अगाडी चुनाव हारेर पनि पोखरेल सँधै समाजसँगै रहेर सो क्षेत्रको चौतर्फी विकासमा लागि पर्दै आएका छन् । त्यति मात्र होइन जनताका हरेक सुखदुखको साथी पनि पोखरेल बन्दै आएका छन् ।
सोही क्षेत्रका स्थानीयवासी रहेका पोखरेल जनतासँग सँधै घुलमिल हुने, जनताकोबिचमै रहने र उक्त क्षेत्रको विकास निर्माण तथा सामाजिक कार्यहरुमा सँधै अग्रसर हुदै आएका छन् । सोही कारण पोखरेलले यसपटकको निर्वाचन जित्नैपर्ने स्थानीय मतदाताहरु बताउँछन् । ‘यहाँको सवै भुगोल, हामी जनताका समस्याहरु बुझेकै जनप्रतिनिधि नहुँदा के हुँदो रहेछ भनेर हामीले यो ५ वर्षमा देख्यौँ, त्यसको परिणाम पनि भोगिसक्यौँ ।’ सुनवर्षीका स्थानीय दिनेश मण्डल भन्छन्,‘पाँच वर्ष अगाडी गरेको गल्ती दोहर्याउने पक्षमा अब हामी छैनौँ । यसपटक ऋषिकेश पोखरेललेनै जित्नुपर्छ । हामी जिताउँछौँ ।’
त्यस्तै अर्का स्थानीय सरिता घतानी पाँच वर्ष अघिको निर्वाचनमा ठुलो गल्ति भएको पुष्टि भइसकेकाले यसपटक त्यस्तो गल्ति गर्न नहुने बताउँछिन् । ‘हामीले काठमाडौंबाट आएको ठुलो नेताले ठुलै विकास पो गर्लान कि भनेर जिताएर पठायौँ ।’ उनले भनिन्,‘तर, परिणामा त उल्टो भयो । अब गाउँकै मान्छे, जतिबेला पनि सम्पर्क गर्न सक्ने, हामीले लागि गर्न सक्ने, सिधै गुनासो गर्नसक्ने उम्मेदवारलाईनै जिताउनुपर्छ भन्नेमा हामी छौँ।’
स्पष्ट र प्रखर वक्ता रहेका पोखरेल कहिल्यै विवादमा नमुछिएका नेता हुन् । बौद्धिक, सरल र बैचारिक नेताको पहिचान बनाएका पोखरेललाई विपक्षी पार्टीका नेता कार्यकर्ताले समेत रुचाउँछन् । उनले विपक्षी दलका नेता कार्यकर्ताहरुको समेत सहानुभूती पाउँदै आएका छन् ।
उम्मेदवार पोखरेल आफ्नो समाजको पहुँच जनप्रतिनिधिसँग कायम गराउन, समाजलाई बलियो बनाउन र समाज परिवर्तनका लागि आफ्नो उम्मेदवारी भएकाले जनताको साथ आफुलाई रहने बताउँछन् । ‘२०४८ साल यताको सवै निर्वाचनमा यो क्षेत्रबाट अरुलेनै जित्नुभयो । मैले ३ वर्ष संविधानसभा सदस्य बनेर काम गर्ने मौैका पाएँ ।’ उनले भने,‘जुन पार्टीले ३० वर्ष लगातार जित्यो, त्यो र मैले ३ वर्षमा गरेको कामको तुलना गरौँ । कति भए त्यो सवै देख्न सकिन्छ ।’
उनले लगातार ३० वर्ष अरु दलका उम्मेदवारलाई हेरेका स्थानीय जनताले अब आफुलाई पाँच वर्षको लागि मात्र अबसर दिएर हेर्न आग्रह गरेका छन् । ‘अरुको ३० वर्ष त हेरिएकै छ । म मेरो समाज बदल्न चाहन्छु । मेरो समाजमा परिवर्तन ल्याउन चाहन्छु ।’ उनले भने,‘अब एक पटक आगामी पाँच वर्षको लागि मलाई अबसर दिएर परिक्षा गर्नका लागि आग्रह गर्न चाहन्छु ।’