जनताको सेवक भएर काम गर्न स्वतन्त्रमा मेरो उम्मेदवारी : मण्डल

विराटनगर २८ असोज । मोरङ क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उमेदवारी दिनु भएको योगेन्द्र मण्डल ‘जोगी’ले शिक्षा, स्वास्थ्य, कृषि तथा युवा स्वरोजगार निर्वाचनको आफनो मुल एजेन्डा रहेको वताउनु भएको छ ।

निर्वाचन क्षेत्र कटहरीमा आज पत्रकार सम्मेलन गर्दै मण्डलले जनतालाई केन्द्रविन्दुमा राखेर आफुले स्वतन्त्र उमेदवारी दिएको वताउनुभयो । लामो समयदेखी क्षेत्र नं. ५ मा समाजसेवा तथा जनताको सुख दुखमा साथ दिदै आएकाले यसक्षेत्रका जनताको मन जितेको उहाको भनाई थियो ।

मोरङ क्षेत्र नं. ५ सवै जातजाती समुदायहरुको मिश्रित वसोवास रहेको क्षेत्र र प्रसस्त उव्जाउ र उर्वर भूमी रहेकाले चुनाव जितेपछि कृषिमा आमुल परिवर्तन गर्ने उहाँले बताउनुभयो ।

क्षेत्र न ५ मा कृषि तथा पशुपालनको प्रचुर संभावना रहेकाले यसक्षेत्रमा कृषि उद्योग स्थापना गरेर त्यसको सहि सदुपयोग गर्दै युवाहरुलाई स्वरोजगार वनाउने उहाको भनाई थियो । घरवार विहिनहरुलाई आवासको व्यवस्था, कृषिमा आधुनिकिकरण सजह मल विउको व्यवस्था हुन सके किसानको उन्नती हुने मण्डलको भनाई थियो ।

मंसिर–४ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनामा जनताले आफुलाई न्याय दिने उहाँको विश्वास छ । जिवन विकास समाजका संस्थापक अध्यक्ष मण्डल २५ वर्षदेखी सो क्षेत्रमा सामाजिक सेवामा क्रियाशिल हुनुहुन्छ ।

मण्डल नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यमा सिफारिसमा पर्नुभएको थियो । एमाले जसपा तालमेलका कारण उहाँले एमालेबाट टिकट पाउन सक्नु भएन । एमालेबाट टिकट नपाएपछि मण्डलले स्वतन्त्र उम्मेदवारी दिनुभएको हो । उहाँको स्वतन्त्र उम्मेदवारी पछि एमाले नेताहरुसँग कुनै पनि छलफल परामर्श नभएको बताउनुभयो ।