विराटनगर १२ असोज । नेपाल चिकित्सक संघको २९ औं राष्ट्रिय सम्मेलन विराटनगरमा हुने भएको छ ।
आगामी फागुन १८ देखि २० गते सम्म राष्ट्रिय सम्मेलन हुने भएको हो । नेपाल चिकित्सक संघ कोशी अञ्चल शाखाले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरि राष्ट्रिय सम्मेलन आयोजनाबारे जानकारी दिएको हो ।
सम्मेलनमा नेपाल लगायत विदेशीमुलकबाट एक हजार भन्दा बढी चिकित्सकहरुको सहभागीता हुने शाखाका अध्यक्ष डा. फरवार्ड शिलवालले जानकारी दिनुभयो ।
नेपालमा रहेका चिकित्सा क्षेत्र र स्वास्थ्य सेवासंग सम्बन्धित प्रख्यात व्याक्तित्वहरु वक्ताको रुपमा सहभागीता रहने उहाँले बताउनुभयो । सम्मेलनलाई भव्यताका साथ अगाडी बढाउनका लागि सवै प्रकारका समिति निर्माण गरिसकेको डा.शिलवालले जानकारी दिनुभयो । उहाँका अनुसार विराटनगरमा तेश्रो पटक राष्ट्रिय सम्मेलन हुन लागेको हो ।
आगामी सम्मेलनपछि संघीय संरचना अनुसारकै कार्यसमिति निर्माण हुने डा. शिलवालले बताउनुभयो ।