विराटनगर १० असोज । सकारात्मकअभिभावकत्व तथा अन्तरपुस्ता तालिम आज विराटनगरमा सम्पन्न भएको छ ।
साझा सवालका लागि साझा मञ्च (कोकन)को आयोजना र प्लान इन्टरनेशनल नेपालको सहकार्यमा सामुदायिक सहजकर्ताहरुको लागि ५ दिने तालिम आज सम्पन्न भएको हो ।
बालअधिकार र बाल संरक्षणको बारेमा जानकारी दिने, सकारात्मक अभिभावकत्व र अन्तरपुस्ता संवादको निर्देशिकाको ब्यवहारीक अभ्यास तथा सिप र दक्षताको बारेमा जानकारी गराउने, सकारात्मक अभिभावक शिक्षा संचालन गर्ने, दक्ष सामुदायिक सहजकर्ता तयार गर्ने र सकारात्कमक अभिभावकत्व र अन्तरपुस्तन संवाद कक्षा संचालनको कार्ययोजना निर्माण गर्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको कोकनका कार्यक्रम संयोजक हेमन्तराज पौडेलले बताउनुभयो ।
तालिममा सहभागि गढी गाउँपालिकाकी आरती हरिजनले तालिमबाट बाल अधिकार, बाल संरक्षण, सकारात्मक अभिभावकत्व र अन्तरपुस्ता सम्वाद कसरी सञ्चालन गर्ने विषयमा जानकारी पाएको बताउनुभयो । तालिममा सिकेको कुरा कार्य योजना बनाएर आफनो समुदायमा अभिभावकहरुमा लैजाने प्रतिबद्दता उहाँले व्यक्त गर्नुभयो ।
तालिममा सुनसरीको गढी गाउँपालिका तथा बर्जु गाउँपालिकाको १४ जना सामुदायिक सहजकर्ताहरु र कोकनका कर्मचारीहरु सहित २० जनाको सहभागिता रहेको थियो । तालिमको सहजीकरण कार्यक्रम संयोजक हेमन्तराज पौडेल,क ार्यक्रम अधिकृत दयालाल चौधरी, सामाजिक परिचालक पवित्रीकुमारी चौधरीले गर्नु भएको थियो ।