मुख्यन्यायाधिवक्तामा अधिवक्ता परिवर्तन राई नियुक्त

विराटनगर, १० असोज । प्रदेश नंं. १ को मुख्यन्यायाधिवक्तामा अधिवक्ता परिवर्तन राई नियुक्त हुनुभएको छ ।
मुख्यमन्त्री राजेन्द्रकुमार राईको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले राईलाई आईतबार मुख्यन्यायाधिवक्ता नियुक्त गर्नुभएको हो ।

नेपालको संविधानको धारा १६० को उपधारा(२) बमोजिम नियुक्त मुख्यन्यायाधिवक्ता राईलाई आईतबार प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख प्रदीपकुमार भण्डारीको समुपस्थितिमा उच्च अदालत विराटनगरका कायम मुकायम मुख्यन्यायाधीश सत्यमोहन जोशी थारुले पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको छ ।

खोटाङ जिल्ला साकेला गाउँपालिका वडा नं. २, रतम्छामा वि.सं.२०३५ बैशाख १ गते जन्मनुभएका नवनियुक्त मुख्यन्यायाधिवक्ता राई हाल बूढानीलकण्ठ नगरपालिका वडा नं. ९ सुकेधारा काठमाडौंमा स्थायी बसोबास रहेको छ ।

यसअघिका मुख्यन्यायाधिवक्ता भोजरहिजो श्रेष्ठले राजीनामा दिएपछि अधिवक्ता राई मुख्यन्यायाधिवक्तामा नियुक्त हुुनुभएको हो ।