मोरङ रंगेलीको त्रिभुवन माविका विद्यार्थीलाई विद्यालय पोशाक निःशुल्क वितरण

विराटनगर २ चैत । मोरङ रङ्गेली १ स्थित त्रिभुवन माध्यमिक विद्यालय गोहीगाडाका कक्षा १ देखि कक्षा ५ सम्मका ६७ जना विद्यार्थीलाई विद्यालय पोशाक (टि- सर्ट) निःशुल्क वितरण गरिएको छ ।

रङ्गेली नगरपालिका – २ स्थित ज्ञानज्योति अङ्ग्रेजी वोडिङ स्कुलका प्रिन्सिपल तथा समाजसेवी निराजन दाहालले सामाजिक उत्तरदायित्व अनुसार गरिब तथा असहाय विपन्न विद्यार्थीहरूलाई विद्यालय पोशाक सहयोग गर्नुभएको हो । सो अवसरमा ज्ञानज्योति अङ्ग्रेजी वोडिङ स्कुलका शिक्षक शिव लम्साल त्रिभुवन माध्यमिक विद्यालयका शिक्षक दिनेश बिष्ट, विजय प्रभात खवास लगायतले विद्यार्थीहरूलाई पोशाक वितरण गर्नुभएको थियो ।

सो अवसरमा विद्यालयका प्रधानाध्यापक केशरबहादुर बानिया, सहायक प्रधानाध्यापक टंकबहादुर खत्री, शिक्षकहरू नवराज सुवेदी लगायतले आगामी दिनमा समेत गरिब तथा विपन्न असहाय विद्यार्थीलाई यसैगरी सहयोग गर्न आग्रह गर्नुभएको थियो ।