सङ्खुवासभा–ताप्लेजुङ सीमाक्षेत्रमा भूकम्प

विराटनगर १५ फागुन । सङ्खुवासभा–ताप्लेजुङ सीमाक्षेत्र आसपास आज बिहान ३ः१८ बजे ४.७ म्याग्निच्युडको भूकम्प गएको छ । सङ्खुवासभाको टोप्के गोला आसपास केन्द्रबिन्दु भएर स्थानीय मापन एमएल अनुसार ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का सङ्खुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा महसुस गरिएको जनाइएको छ । प्रारम्भिक विवरणअनुसार हालसम्म मानवीय तथा भौतिक क्षतिको कुनै सूचना प्राप्त भएको छैन ।