प्रदेश १ मा २१८ किलोमिटर सडक कालोपत्रे

मनोज दाहाल
विराटनगर, १५ भदौ ।
सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले विगत चार वर्षको अवधिमा २१७ दशमलव ७२ किमी कालोपत्रे सडकको निर्माण कार्य सम्पत्र गरेको छ ।

मन्त्रालयका सूचना अधिकारी इन्जिनियर ललित चौधरीले प्रदेश नं १ का १४ जिल्लामा विगत चार वर्षमा सो सडक निर्माण कार्य सम्पत्र गरेको जानकारी दिनु भयो । प्रदेश सरकार स्थापनाको चार वर्ष अवधिमा आर्थिक वर्ष २०७५-७६ मा २६ दशमलव १८ किमी, २०७६-७७ मा ५२ दशमलव २१ किमी, २०७७-७८ मा ४० दशमलव ६१ किलोमिटर र आव २०७८-७९ मा ९८ दशमलव ७२ किलोमिटर कालोपत्रे निर्माण सम्पत्र भएको हो । यसैगरी सोही अवधिमा ८१९ दशमलव ८२ किमी सडक मर्मत गरिएको सूचना अधिकारी चौधरीले बताउनु भयो ।

आर्थिक वर्ष २०७५-७६ मा ६०१ किलोमिटर, २०७६-७७ मा ६१ दशमलव ५४ किमी , २०७७-७८ मा ५१ दशमलव १३ किमी र आव २०७८-७९ मा १०६ दशमलव १६ किमी सडक मर्मत गरिएको हो । सोही अवधिमा ८९५ दशमलव ७५ किलोमिटर सडक ग्राभेल गरिएको छ । जसमा आर्थिक वर्ष २०७५-७६ मा १२८ दशमलव नौ किलोमिटर, २०७६-७७ मा २११ दशमलव ३५ किलोमिटर, २०७७-७८ १७५ दशमलव ३१ किलोमिटर र आव २०७८-७९ मा ३८० दशमलव १९ किलोमिटर सडक ग्राभेल गरिएको छ । यस्तै, सोही अवधिमा ८५९ दशमलव ३७ किलोमिटर कच्ची सडक निर्माण गरिएको छ । जसअन्तर्गत आर्थिक वर्ष २०७५-७६ मा १८१ दशमलव तीन किलोमिटर, २०७६-७७ मा ४७७ दशमलव ८२ किलोमिटर, २०७७-७८ मा १०९ दशमलव १९ किलोमिटर र आर्थिक वर्ष २०७८- ७९ मा ९१ दशमलव सात किमी कच्ची सडक निर्माण गरिएको छ ।

मन्त्रालयले उक्त्त अवधिमा पहाडी क्षेत्रमा २५४ दशमलव ३६ किलोमिटर सडकको ट्रयाकको खोलिसकेको छ । जसअन्तर्गत आर्थिक वर्ष २०७५-७६ मा सात दशमलव पाँच किमी, २०७६-७७ मा १४२ दशमलव ५९ किलोमिटर, २०७७-७८ मा ५५ दशमलव १९ किलोमिटर र आव २०७८-७९ मा ४९ दशमलव आठ किलोमिटर सडकको ट्रयाक खोलिएको सूचना अधिकारी चौधरीले जानकारी दिनु भयो । सोही अवधिमा आठ दशमलव ४६ किलोमिटर सडक ढलान गर्ने कार्य सम्पत्र गर्नुका साथै १६ दशमलव ८८ किमी सडक सोलिङ्ग गरिएको छ । मन्त्रालयले सोही अवधिमा प्रदेशमा ५५ वटा मोटरेबल पुलको निर्माण कार्य सम्पत्र गरेको छ ।

आर्थिक वर्ष २०७५-७६ मा १० वटा, २०७६-७७ मा १२ वटा, २०७७-७८ मा आठ वटा र आव २०७८-७९ मा २५ वटा पुल निर्माण सम्पत्र गरेको हो । सोही अवधिमा प्रदेश भरिमा १०५ वटा झोलुङ्गे पुलको निर्माण सम्पत्र गरेको छ । जसअन्तर्गत आर्थिक वर्ष २०७५-७६ मा सात वटा, २०७६-७७ मा २९ वटा, २०७७-७८ मा ४४ वटा र आवं २०७८-७९ मा २५ वटा झोलुङ्गे पुल निर्माण भएको हो । रासस