विराटनगर– अवसर सवैले पाउँदैनन् । अवसर पाएका सवैले काम गर्न पनि सक्दैनन् । कतिपय यस्ता व्यक्तिहरु हुन्छन् । जसले अवसर पाए भने कायापलट नै गरिदिन सक्ने क्षमता राख्छन् ।
मूलक संघीय संरचनामा गएपछि ०७४ मा प्रदेश सरकारहरु गठन भए । जुन नेपालका लागि नयाँ थियो । ७ प्रदेशले सरकार बनायो । कार्यालय सञ्चालन, कार्य क्षेत्र समेत स्पष्ट नभएको अवस्थामा प्रदेश सरकारहरु गठन भए । मुख्यमन्त्री, मन्त्रीहरुले के गर्ने भन्ने समेत स्पष्ट थिएन । यस्तो अवस्थामा तत्कालिन प्रदेश नं. १ ( हाल कोशी प्रदेश) को सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाए, एमालेबाट मोरङ ४ (ख) बाट निर्वाचित जीवन घिमिरेले । २०७४ फागुन २ गते मन्त्री बनेका घिमिरेले सार्वजनिक शौचालय अनुगमनबाट मन्त्रालयको काम शुरु गरे । शुरुमा उनलाई शौचालय मन्त्री समेत भन्नेहरु थिए ।
घिमिरेले विस्तारै मन्त्रालयको काम अघि बढाउँदै गए । तत्कालिन सामाजिक विकास मन्त्रालय प्रदेशका अन्य मन्त्रालयहरुको तुलनामा बढी कार्यक्षेत्र भएको र जनतासँग प्रत्यक्ष जोडिएको थियो ।
सामाजिक विकास, शिक्षा, स्वास्थ्य, यूवा तथा खेलकुद, श्रम तथा रोजगार, कला, साहित्य, भाषा, धर्म–संस्कृति र पुरातत्व कार्यक्षेत्र रहेको मन्त्रालयको नेतृत्व गरेका नेता घिमिरेले करिव ३ वर्ष मन्त्रीको जिम्मेवारीमा रहे । ०७४ फागुन २ देखि ०७७ पुस १२ सम्म ।
करिव ३ वर्षको अवधिमा उनले कोभिड १९ को सामना गर्नुपर्यो । कोभिड १९ रोगका संक्रमितको पहिचान, परीक्षण, उपचारमा उनका सक्रियता सात वटै प्रदेशका तत्कालिन सामाजिक विकास मन्त्रीहरु मध्येमै उत्कृष्ट थियो । कोभिड महामारीमा घिमिरे गरेको कार्यको अहिलेपनि प्रसंशा हुने गरेको छ । संक्रमितका लागि प्रदेश स्तरमा ७ दिनमै अस्पताल तयार गरेर सञ्चालनमा ल्याउन उनले अहोरात्र काम गरेका थिए ।

कोभिड १९ संक्रमणको रोकथाम तथा नियन्त्रणमा कोशी प्रदेशमा गरिएको कामको अन्य प्रदेशहरुले पनि अनुशरण गरेका थिए । यसले उनलाई देशभर परिचित गराएको थियो । स्वास्थ्य क्षेत्रमा घिमिरेको यो महत्वपूर्ण कार्य थियो । यस बाहेक विद्यालयमा नर्स राख्ने कार्यक्रमको शुरुवात उनैबाट भयो । प्रदेश स्तरिय जनस्वास्थ्य प्रयोगशालाको संरचना निर्माण, सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन अभियान, योग शिविर उनकै पालामा शुरु गरिएको थियो ।

स्वस्थ बालबालिकाको जन्म हुनेगरिको कार्यक्रम उनकै पालामा शुरु गरियो । करुणा फाउन्डेसनसँगको सहकार्यमा घिमिरेले कोशी प्रदेशमा अपाङ्गता रोकथाम कार्यक्रम सञ्चालन गरेका थियो । त्यो कार्यक्रम अझै सञ्चालनमा छ । जेष्ठ नागरिकको स्वास्थ्य, जेष्ठ नागरिकलाई दन्त उपहारको अवधारणा पनि उनैले अघि सारेका हुन । धनकुटामा प्रदेशको मेडिकल कलेजको अवधारणा घिमिरेकै पालामा शुरु भएको हो । अहिले त्यो कार्यन्वयनको चरणमा छ । सिंघिया खोला नियमित सरसफाईको काम उनले नै शुरु गरेका थिए । मन्त्रीको जिम्मेवारीमा नरहेपछि सो अभियान रोकिएको थियो । सफा हुँदै गएको सिंघिया खोलामा विस्तारै फोहोर थुप्रिन थाल्यो ।

नेता घिमिरेले शिक्षामा पनि महत्वपूर्ण छाप छाडेका छन् । ‘झोलामुक्त’ अभियान अन्र्तगत प्रविधिमैत्री विद्यालय बनाउने काम उनलै नै अघि सारेका हुन । अहिले कोशी प्रदेशका अधिकांश विद्यालय प्रविधिमैत्री बनेका छन् । उनका हरेक अभियानले कोशी प्रदेशका १४ वटै जिल्लामा सञ्चार गर्ने गर्थ्यो । देशकै पहिलो प्राविधिक विश्वविद्यालय उनकै पालामा बन्यो । मनमोहन प्राविधिक विश्वविद्यालय कोशी प्रदेशको पहिलो हो । सो विश्वविद्यालय स्थापनामा घिमिरेको महत्वपूर्ण भूमिका रह्यो ।

राजधानी बाहिर पहिलो पटक ‘प्लड लाईट’मा फुटवल खेल सञ्चालनको काम उनले नै गरेका थिए । एक पालिका एक खेल मैदान, प्रदेश भित्रका खेलाडीको सम्मान, खेलकुद क्षेत्रका विकासका लागि बोर्डको स्थापना हुने गरिको कानुनी प्रवन्ध उनकै पालामा भयो ।

रोजगारी प्रवन्धका लागि रोजगार मेलाको आयोजना गरि रोजगार दाता र रोजगारी गर्न चाहनेहरुका लागि अभियान सञ्चालन, साहित्य, कला, धर्म, संस्कृतिको विकास र प्रवद्र्धनमा घिमिरेले उल्लेखनिय मात्रामा काम गरेका छन् ।
कोशी प्रदेश भित्रका कलाकारको खोजी, सम्मान र उनीहरुको प्रवद्र्धनको काम घिमिरे मन्त्री भएकै समयमा शुरु भएको हो । लघुउद्यमीहरुको खोजी र सम्मानको कामको शुरुवाट उनैबाट प्रदेशमा शुरु भएको थियो ।
पुरातत्व अन्र्तगत विभिन्न क्षेत्रको खोज अनुसन्धान, विराट राजा दरबार लगायतको अध्ययन अनुसन्धानको काम घिमिरेले गरेका थिए । लैंगिक हिंसामा परेका महिलाहरुका लागि दीर्घकालिन पुनस्थापना केन्द्र, १३७ वटै स्थानीय तहमा हिंसा निवारण कोष, बालबालिकाका लागि बालसंरक्षण तथा प्रवद्र्धनका कार्यक्रम, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति लगायतको क्षेत्रमा उनको महत्वपूर्ण योगदान रह्यो ।
करिव ३ वर्षको अवधिमा सामाजिक विकास मन्त्रालय अन्र्तगतका सवै कार्यक्षेत्रलाई उनले न्याय गर्न सकेका थिए । प्रदेशको आन्तरिक मूल्यांकन ( प्रदेश योजना आयोग) मा सामाजिक विकास मन्त्रालय उत्कृष्ट बनेको थियो ।
ऐन, नीति, नियम, कार्यविधि सामाजिक विकास मन्त्रालयले सवैभन्दा बढी उनी मन्त्री भएकै समयमा भयो । घिमिरेले सम्हालेको मन्त्रालयबाट पछि स्वास्थ्यको छुट्टै मन्त्रालय बन्यो । केही कार्यक्षेत्रहरु अन्य मन्त्रालयमा गाभिएका थिए ।
काम गर्ने इच्छाशक्ति भएको व्यक्तिले अवसर पाए कसरी आमुल परिवर्तन गर्न सकिने रहेछ भन्ने उदाहरण घिमिरेबाट पाउन सकिन्छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ ४ बाट उम्मेदवारी दिएका घिमिरेले क्षेत्रको समग्र विकास नै आफ्नो पहिलो प्राथमिकता रहने बताएका छन् । उनले भने, ‘ म गफ भन्दा काममा बढी विश्वास गर्छु । जिम्मेवारीलाई कुसलतापूर्वक र एक मिनेट पनि खेर नफाली अहोरात्र काममा खटिने मेरो बानी छ ।’