विराटनगर १० माघ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत क्रिकेटमा अर्किड कलेज र कान्तिपुर कलेज विजयीी भएका छन् ।
जुट मिल मैदान भएको पहिलो खेलमा अर्किड कलेजले भानु कलेजलाई ६ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङको गरेको अर्किडले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय २० रनको योगफल तयार पारेको थियो ।अर्किडकालागि इफ्रादी मियाँले २८ रन जोड्दा कृष्ण यादवले २५ रन जोडे । भानुका सुर्जी सिंहले सर्वाधिक ३ विकेट लिए ।
जवाफमा १ सय ३१ रनको लक्ष्य पाएको भानुले ९ विकेटको नोक्सानीमा १ सय २४ रन मान बनाउँन सक्यो ।
दोस्रो खेलमा कान्तिपुर कलेजले मेरिल्याण्ड कलेजलाई २१ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङको गरेको कान्तिपुरले निर्धारित १६ ओभरमा ८ विकेट गुमाई १ सय २५ रनको योगफल तयार पारेको थियो । कान्तिपुरकालागि जयप्रकाश यादवले सर्वाधिक २६ रनको योगदान दिए ।
जवाफमा १ सय २६ रनको लक्ष्य पाएको मेरिल्याण्डले पुरै अभेर खेल्दै ७ विकेटको नोक्सानीमा १ सय ४ रन मान बनाउँन सक्यो ।
माघ १७ गतेसम्म हुने प्रतियोगिता अन्तर्गत पुरुषतर्फ बास्केटबल, क्रिकेट, कबड्डी तथा पुरुष र महिला दुवैतर्फ फुटबल, भलिबल, टेबल टेनिस सिङ्गल, डबल र एथलेटिक्स लामो र छोटो दुरीको दौड विधामा प्रतिस्पर्धा हुने हिसानले जनाएको छ ।