भाेजपुरकाे षडानन्दमा कन्दमुल प्रदर्शनी

भाेजपुर १ माघ । भाेजपुरकाे षडानन्दमा प्रथम कन्दमुल प्रदर्शनी गरिएको छ ।

चाैथाे राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा बीउ बैंक स्थापनाकाे अवसरमा नगरपालिकाले एक दिने कन्दमुल प्रदर्शनी कार्यक्रम गरेकाे हाे ।

कार्यक्रममा नगर क्षेत्रका १४ वटै वडाका कृषक समूहले उत्पादन गरेका कन्दमुलहरूकाे प्रदर्शनी गरिएको थियाे । प्रदर्शनीकाे नगरप्रमुख सुरेन्द्रकुमार उदास, उपप्रमुख प्रमिला राई, प्रमुख प्रशासकीय अधिकृत मणिकुमार तामाङ लगायतले निरीक्षण गरेका थिए । कन्दमुलकाे निरीक्षण गर्दै नगर प्रमुख उदासले कन्दमुलकाे ब्यवसायीकरणका लागि नगरपालिकाले सहयाेग गर्ने प्रतिबद्धता जनाउनुभयाे ।

प्रदर्शनीमा वडा नं १० काे पुनर्जागरण बहुउद्देश्यीय कृषक समूह प्रथम, शुभ विहानी कृषक समूह दाेश्राे, वडा नं ८ काे सेमेङ फलफूल तथा कृषक समूह तेश्राे र सान्त्वना वडा नं ९ काे पञ्चकन्या कृषक सहकारी संस्था , वडा १३ काे बाेयाली बहुउद्देश्यीय कृषि तथा नर्सरी कृषक समूह र वडा नं १४ काे विहिबारे फलफूल खेती कृषक समूह रहेका छन् ।

सामुदायिक बीउ विज्ञ पिताम्बर श्रेष्ठ, षडानन्द नगरपालिका कृषि शाखाकाे निर्णायक टाेलीले उत्कृष्ट समूहकहरूकाे घाेषणाा गरेकाे थियाे ।

प्रदर्शनीमा प्रथम, दाेश्राे, तेश्राे र सान्त्वना हुनेहरूलाई क्रमश ५हजार, ३ हजार, २ हजार र एक/एक हजार प्रदान गरिएको छ ।

प्रदर्शनीका विजेताहरूलाई नगर उपप्रमुख प्रमिला राई, वडा नं ९ का वडाध्यक्ष तथा कृषि विकास समिति सभापति निङ्मा शेर्पा लगायतले नगद तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।