भाेजपुरकाे षडानन्दले नेपालमै पहिलो पटक सञ्चालनमा ल्यायाे बीउ बैंक

भाेजपुर १ माघ । भाेजपुरकाे षडानन्द नगरपालिकाले नेपालमै पहिलाे पटक विहीबार बीउ बैंक सञ्चालनमा ल्याएकाे छ ।

शुन्यबाट शुरू गरेर नगरपालिकाले बीउ बैंक स्थापना गरेकाे हाे । चाैथाे राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा प्रथम कन्दमुल प्रदर्शनी कार्यक्रमकाे अवसरमा बैंकको नगरप्रमुख सुरेन्द्रकुमार उदास र उपप्रमुख प्रमिला राईले शुभारम्भ गर्नुभएकाे हाे । कुनै पनि बाली बाहिर खाेज्न नजाने गरि व्यवस्था मिलाइने उहाँले प्रतिबद्धत जनाउनुभयाे

एक वर्ष अघि षडानन्द नगरपालिकाले आयोजना गरेकाे कृषि बीउ प्रदर्शनीबाट बीउ ब‌ैंक स्थापनाकाे अवधारणा शुरू भएकाे नगरप्रमुख उदासले बताउनुभयाे । उहाँले पराम्परागत कृषि प्रणाली, कृषककाे ज्ञान र स्थानीय श्राेत साधनप्रतिकाे सम्मानकाे प्रतिविम्ब रहेकाे बताउनुभयाे ।

नगरपालिकाले बीउ बैंक स्थापनाका लागि कार्यविधि तयार गरि राजपत्रमा प्रकाशित गरेकाे थियाे ।

रैथाने जातकाे बीउ संरक्षण आवश्यक रहेकाे उहाले बताउनुभयाे । रैथाने जात लाेप हुँदै गएकाले बीउ संरक्षणका लागि नगरपालिकाले अग्रसरता लिएको बताउनुभयाे । उहाँले कृषकलाई व्यावसायीकरण गर्न बीउ बैंकले सहयाेग पुग्ने आशा व्यक्त गर्नुभयाे ।

नगरले सुन्तला, अलैंची लगायतका बालिकाे उत्पादन बढाउन प्रबर्द्धन गरिरहेकाे बताउनुभयाे । किसानबाट बीउ खरिद गरेर अवस्यक पर्नेलाई वितरण गरिने प्रमुख उदासले बताउनुभयाे।

षडानन्दमा बीउ ब‌ैक स्थापनाकाे परिकल्पनाकार कृषि तथा सामुदायिक विउ विज्ञ  तथ सामुदायिक बीउ बैंका सल्लाहकार पीताम्बर श्रेष्ठले षडानन्द बीउ बैंकमा अहिले २७ बालिका ११५ जात रैथाने लाेपन्मुख बीउहरू रहेकाे जानकारी दिनुभयाे । उहाँले बीउहरू नगरकाे राताे कितावमा विस्तृत विवरण सहित अभिलेखिकरण राखिने बताउनुभयाे उहाँका अनुशार बीउ वैकमा स्थानीय कृषकले माग गर्ने र कृषि शाखाले उपलब्ध गराउने छ ।

षडानन्द नगरपालिकाले पहिलाे पटक नेपालमै कार्यविधि तयार गरि बीउ बैक स्थापना गरेकाे बताउनुभयाे । षडानन्द पछि अहिले देशका विभिन्न स्थानीय तहहरूले बीउ बैककाे कार्यविधि तयारी शुरू गरेकाे श्रेष्ठले बताउनुभयाे ।

बीउ विना जीवन नचल्ने भएकाले संरक्षण आवश्यक रहेकाेमा जाेड दिनुचयाे । उहाँले विश्वकाट ७५ प्रतिशत र नेपालबाट ४५ प्रतिशत रैथाने जात लाेप भईसकेकाे जानकारी दिनुभयाे ।
समुदायले पनि बीउ संरक्षणमा सहयोग गर्न उहाँले आग्रह गर्नुभयाे ।

षडानन्द बीउ बैकमा रहेका रैथाने जातका बीउहरू राष्ट्रिय जीन बैंकमम पठाइने बताउनुभयाे । उहाँले नगरलाई
कृषि ऐन निर्माण र नियमित रूपमा कृषि संवाद कार्यक्रम आयोजना गर्न आग्रह गर्नुभयाे ।

नगर उपप्रमुख प्रमिला राईले लाेप हुन लागेकाे बालीकाे संरक्षणका लागि नगरपालिकाले काम गरिरहेकाे बताउनुभयाे । कृषि र कृषि व्यवसायीलाई प्रवर्द्धनकाे काम गरिरहेकाे उहाँले बताउनुभयो । बीउ बैंकसँगै कृषककाे उत्पादनलाई केन्द्रीत गरेर काेशेली घर सञ्चालनकाे तयारीमा रहेकाे उहाँले जानकारी दिनुभयाे । नगरले कृषिलाई प्राथमिकता दिएर काम गरिरहेकाे उहाँले बताउनुभयो ।    कुनै पनि बाली बाहिर खाेज्न नजाने गरि व्यवस्था मिलाइने उहाँले प्रतिबद्धत जनाउनुभयाे ।

नगरका प्रमुख प्रशासकीय अधिकृत मणिराम तामाङले बीउ बैंकले रैथाने जातकाे संरक्षणमा ठुलाे सहयाेग पुग्ने बताउनुभयो । रैथाने बीउ नै नगरकाे सम्पत्तिकाे श्राेत भएकाे बताउनुभयाे । नगरपालिकाले भन्दा पनि कृषि सहकारी मार्फत बीउ संकलन गर्दा प्रभावकारी हुने उहाँले बताउनुभयाे ।

षडानन्द नगरपालिका कृषि समितिका सभापति तथा वडा नं ९ का वडाध्यक्ष निङ्मा शेर्पाले कन्दमुल, जडिबुटीमा धनी रहेकाे

कार्यक्रममा नगरस्तरिय राजनीतिक दलका प्रमुख, वडाध्यक्ष, कृषि शाखा प्रमुख शिला पुन मगर, कृषक समूहका प्रतिनिधि लगायतले बीउ बैंककाे सरक्षणमा जाेड दिनुभयाे ।