विराटनगर १५ पुस । गृहमन्त्री ओमप्रकाश आर्यालले आफु कुनै पनि राजनैतिक दलको गठबन्धनमा सहभागी नभएको बताउनु भएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुले सरकार सुशासन कायम गर्ने भन्ने तर सरकारमा सहभागी मन्त्री राजनीतिक दलको गठबन्धनमा सहभागी भएका छन् भन्ने प्रश्नको जवाफमा उहाँले उक्त कुरा बताउनु भएको हो ।
गृहमन्त्री अर्याल पुस १६ गते बुधवार हुने कोशी प्रदेश स्तरीय सुरक्षा बैठकको लागि लागि आज विराटनगर आउनु भएको छ ।
गृहमन्त्री मन्त्रालयद्वारा आयोजित उक्त बैठकमा प्रदेश सुरक्षा निकायका प्रमुखहरु, प्रदेशका १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख लगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहने छ ।
बैठकमा आगामी निर्वाचनलागि शान्तिसुरक्षा लगायतका अन्य विषयहरुमा छलफल हुने छन् ।