विराटनगर १३ पुस । विराटनगर विमानस्थलले पछिल्लो ११ महिनामा ६ लाख ६९ हजार यात्रुलाई सेवा दिएको छ । सन् २०२५ को जनवरी देखि नोभेम्वर सम्म विमानस्थलले ६ लाख ६९ हजार ४ सय ३४ यात्रुलाई सेवा दिएको हो ।
कोशी प्रदेशमा रहेका विमानस्थलहरु मध्ये विराटनगरबाट सवैभन्दा बढी यात्रुले सेवा लिएका छन् भने इलामस्थित सुकिलुम्बा विमानस्थलबाट सवै भन्दा कम ८३ जना यात्रुले मात्र सेवा लिएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार झापाको भद्रपुर विमानस्थलबाट २ लाख ६ हजार २ सय ६० यात्रुले सेवा लिएका छन् ।
तथ्यांक अनुसार ११ महिनामा भोजपुर विमानस्थलबाट २ हजार ८ सय ९८, ताप्लेजुङ विमानस्थलबाट ४ सय ५ यात्रुले सेवा लिएका छन् ।
खोटाङको मनमाया राई खानीडाँडा विमानस्थलमा ४ सय ९९, र ओखलढुंगाको रुम्जाटार विमानस्थलबाट ५ सय ८ जना यात्रुले सेवा लिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।