विराटनगर १२ पुस । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा पार्टी सहभागी हुने बताउनु बताउनु भएको ।
पार्टीको कोशी प्रदेश समितिद्वारा आज विराटनगरमा आयोजित जनसभामा उहाँले निर्वाचन लोकतन्त्रको अभ्यास भएकोले पार्टी सक्रिय रुपमा भाग लिनुका साथै पार्टीले आजदेखी शुरु आन्दोलन समेत सञ्चालन हुने धारणा राख्नुभयो ।
अध्यक्ष यादवले युवाहरुले मुलुकमा भ्रष्टाचार अन्त्य ,सुशासन र सामाजिक सञ्जाल माथिको प्रतिबन्ध हटाउन भदौ २३ २४ गते विद्रोह गरेको जानकारी गराउनु भयो । अध्यक्ष यादव विगतको सरकारको कुशासनको कारण अहिले मुलुक सङ्कट ग्रस्त भएको आरोप लगाउनु भयो । उहाँले नेकपा एमाले र नेकांको ३५ वर्षको शासनको अवधिमा यस क्षेत्रमा रहेका उद्योगधन्दा बन्द हुनुका साथै युवाहरु बेरोजगार भै विदेश पलायन हुन बाध्य भएको बताउनु भयो ।
अध्यक्ष यादवले मुुलुकमा राजनीतिक स्थिरता दिन संविधान संशोधन गरी जनतावाट प्रत्यक्ष निर्वाचन राष्ट्रपति प्रणालीमा जान सुझाव दिनुभयो ।
पार्टीका सह अध्यक्ष रकम चेम्जोङ्गले भदौ २३ गतेको जेनजी विद्रोहमा १९ जना युवाहरुको हत्या हुनु अमानवीय कार्य भएको बताउदै युवाहरुले उठाएको भ्रष्टाचारको अन्त्य र सुशासन कायम भएमा मुलुकमा स्थिरता आउने दावी गर्नुभयो ।