विराटनगर १२ पुस । मोरङको कटहरी गाउँपालिका -४ स्थित विकास पोद्दार स्मृति परिषद्को तेस्रो सभाले दुई जना विद्यार्थीलाई नगद छात्रवृत्ति सहित सम्मान गरेको छ ।
सम्मानित हुनेहरूमा विराटनगरस्थित सेन्ट जोसेफ माध्यमिक विद्यालय कक्षा १० का छात्र वरदान के सी र कटहरी गाउँपालिका वडा नम्बर – ४ भगवती आधारभूत विद्यालयकी कक्षा – ७ की छात्रा सुकुमारी किस्कुलाई परिषदको अक्षय कोषबाट जेहेन्दार तथा गरिब छात्रवृत्ति प्रदान गरिएको हो ।
सेन्ट जोसेफ माध्यमिक विद्यालय कक्षा १० का छात्रलाई नगद रु २१ हजार र भगवती आधारभूत विद्यालयकी छात्रा लाई नगद रु ११ हजार बाट सम्मान गरिएको परिषद्का अध्यक्ष तथा संरक्षक देवानन्द पोद्दार जानकारी दिए ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले नगद तथा सम्मानपत्रले सम्मान गरेका हुन् ।
कोषका अध्यक्ष तथा संरक्षक देवानन्द पोद्दार का छोरा विकास पोद्दार २०७९ पुस १२ गते जर्मनीमा निधन भएको थियो ।
उच्च शिक्षा अध्ययनका लागि स्वर्गीय विकास पोद्दार जर्मनीमा थिए । कार्यक्रममा पाँचजना गरिब तथा असहाय परिवारलाई न्यानो कपडा कम्बल समेत वितरण गरिएको थियो ।
कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी र वडा नम्बर ४ का वडाध्यक्ष जीवनेश्वर यादवले कटहरीले जेहन्दार विद्यार्थी गुमाउनु परेकोमा दुःख व्यक्त गरे ।
कटहरी गाउँपालिका वडा नम्बर – ५ मा विकास पोद्दार स्मृति परिषद्को नाममा ६ कट्ठा जग्गामा नयाँ संरचना बन्ने बताइएको छ।
आगामी आर्थिक वर्षमा कटहरी गाउँपालिकाले आवश्यकता अनुसार परिषद्लाई आर्थिक सहयोग गर्ने घोषणा गरे ।