निजामती कर्मचारी संगठन मोरङद्धारा ३४ जना सम्मानित

विराटनगर १० पुस । नेपाल निजामती कर्मचारी संगठन मोरङले अनिवार्य अवकासमा गएका संगठनका ३५ जना सदस्यहरुलाई आज सम्मानित गरेको छ ।

निजामती कर्मचारी संगठन मोरङ, राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड विराटनगर र राष्ट्रसेवक जेष्ठ नागरिक समाज विराटनगरले संयुक्त रुपमा मोरङ कटहरीमा आयोजना गरेको बनभोज कार्यक्रमका अवसरमा अनिवार्य अवकासमा गएका कर्मचारी संगठनका सदस्यहरुलाई सम्मानित गरेको हो ।

सम्मानित हुनेहरुमा ओमराज सुवेदी, फणिन्द्र खत्री, मुरारी घिमिरे, जीवन काफ्ले, विनोदकुमार न्यौपाने, वसन्त घिमिरे, राधा नेपाल, शरण गजमेर, जय काफ्ले, राजन भण्डारी, नन्दिकेशर काफ्ले, कृष्णमिलन कार्की, तारा शर्मा खत्री, लिलादेवी शिवाकोटी, टेकनाथ घिमिरे सम्मानित हुनु भएको छ ।

त्यसैगरि बलराम तिम्सीना, योगेन्द्र पौडेल, द्रोणप्रसाद पोखरेल, कृष्णप्रसाद भट्टराई, सीताराम उपाध्याय, सु्शीला श्रेष्ठ, खड्ग वस्नेत, राजेन्द्रप्रसाद श्रेष्ठ, राजेन्द्र घिमिरे, मात्रिका नेपाल, केशव अर्याल, इलाराज पुरी, वलराम गौतम, चेतनाथ न्यौपाने, रामप्रसाद चापागाई, किशोर कार्की, खगेश्वर काफ्ले, डिल्ली धिमाल र पर्शुराम चालिसेलाई सम्मान गरिएको थियो ।

नेपाल निजामती कर्मचारी संगठन मोरङका ३५ जना सदस्यहरु पछिल्लो २ वर्षमा अनिवार्य अवकासमा जानु भएको थियो । उहाँहरुलाई संगठनका केन्द्रीय उपाध्यक्ष युवाचन्द्र घिमिरे, मोरङ अध्यक्ष शालिकराम कोइराला लगायतले सम्मानित गर्नुभएको थियो ।