काेशीकाे भूगाेलमा घिमिरेलाई सर्वाधिक मत

विराटनगर ४ पुस । एमाले केन्द्रीय सदस्यमा जीवन घिमिरे सर्वाधिक मत सहित विजयी हुनु भएकाे छ ।

काठमाडौंमा सम्पन्न ११ औं राष्ट्रिय महाधिवेशनमा घिमिरे १ हजार ६४१ मत सहित विजयी हुनु भएकाे छ । काेशीकाे भूगाेलबाट घिमिरेले सर्वाधिक मत ल्याउनु भएकाे हाे ।

नेता घिमिरे एमालेकाे ८ औं राष्ट्रिय महाधिवेशन देखि निरन्तर केन्द्रीय सदस्यमा निर्वाचित हुँदै आउनु भएकाे छ ।

काेशी प्रदेशबाट केन्द्रीय सदस्यमा निर्वाचितहरूमध्ये घिमिरे सिनियर नेता हुनुहुन्छ ।

घिमिरेले तत्कालीन काेशी अञ्चल इन्चार्ज तथा १० औं राष्ट्रिय महाधिवेशन पछि संखुवासभा र माेरङ जिल्ला इन्चार्ज जिम्मेवारी पूरा गर्नु भएकाे छ ।

माेरङबाट घिमिरे सहित केन्द्रीय सदस्यमा ऋषिकेश पाेखरेल, परशुराम वस्नेत, दिलिप बगडिया र शिल्पा निराला कार्की निर्वाचित हुनुभएको छ ।

केन्द्रीय अनुशासन आयोग सदस्यमा राजमति इङ्नास निर्वाचित हुनुभयाे ।