राष्ट्रिय मानवअधिकार आयोग कोशीले ‘मानवअधिकार दौड’ प्रतियोगिता गर्ने

विराटनगर १७ मंसिर । ७७ औं अन्तरराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा राष्ट्रिय मानवअधिकार आयोग कोशी प्रदेशले ‘मानवअधिकार दौड’ प्रतियोगिता गर्ने भएको छ ।

आगामी मंसिर २४ अर्थात डिसेम्वर १० का दिन विहान विराटनगर राजवंशी चौक देखि महेन्द्र चौक सम्म ५ किलोमिटरको दौड प्रतियोगिता आयोजना गरिने आज आयोगले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
दौडमा खुल्ला, भेट्रान्स, महिला÷पुरुष र अपाङ्गता भएका व्यक्तिहरुवीच प्रतियोगिता हुने बताईएको छ । आयोगले दौडका विजेता, उपविजेताहरुले शिल्ड, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने बताईएको छ ।

दौडमा सहभागी हुन चाहने मानव अधिकार रक्षक, कर्मचारी, विद्यार्थी, समाजसेवी लगायत सम्पूर्णमा आह्वान गरेको छ । आयोगका निमित्त प्रमुख कृष्णनारायण श्रेष्ठले प्रतियोगितामा सहभागीता जनाउन चाहनेहरुले आयोगमा सम्पर्क गरि नाम दर्ता गर्न आग्रह गर्नुभएको छ ।