विराटनगर, ८ मंसिर । हिरो मोटरसाईकलको आधिकारिक विक्रेता लक्ष्मी ट्रेडिङ हाउस प्रा. लि. ले आइतबारदेखी विराटनगरको बरगाछीमा एक्सचेन्ज मेला (मंसिर ७ देखी १२ सम्म) सञ्चालनमा ल्याएको छ ।
बरगाछी उत्तरपट्टी राधारमण मन्दिर छेउमा आउँदो शुक्रबार सम्म चल्ने मेलामा विभिन्न नगद छुटका साथै बिभिन्न सामानहरु निःशुल्क प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
मेला अवधिभरमा मेलास्थल वा मुनालपथस्थित सोरुमबाट कुनैपनि मोटरसाईकल वा स्कुटर खरिद गर्दा नगद न्यूनतम १० हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सकिनेछ ।
एक्सचेन्जमा कुनैपनि मोटरसाईकल वा स्कुटरको न्यूनतम् मुल्यांकन ३० हजार रुपैयाँसम्म हुने लक्ष्मी ट्रेडिङका प्रबन्धक प्रसन्नभक्त माथेमाले जानकारी दिए ।
कुनैपनि मोटरसाईकल एक्सचेन्ज गर्दा गरिएको मुल्यांकनमा कम्पनीका तर्फबाट थप १५ हजार रुपैयाँ सम्म नगद थप गरिने पनि माथेमाले जानकारी दिए ।
खरिदकर्ता सबै ग्राहकलाई हेलमेट, बाईक कभर, म्याट र लेगार्ड पनि निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ ।
सहज फाइनान्सको सुविधासहित नागरिकताको भरमा हिरो मोटरसाईकल तथा स्कुटरहरु चढ्न सकिने कम्पनीले जनाएको छ ।