


विराटनगर १९ असोज । मोरङमा आज विहानै देखिको अबिरल बर्षाका कारण करिव ४ सय घरपरिवार प्रभावित भएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका अनुशार हाल सम्म अविरल बर्षाका कारण खोला कटान र डुवानबाट ३८६ घरपरिवारका १ हजार ५६८ जनालाई स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएकाहरुलाई स्थानीय विद्यालय, प्याक्ट्री, आफन्त लगायतको घरमा राखिएको छ ।
विराटनगर १२ खवरीका ७५ घर परिवारका ३५० जनालाई बखरी र दरैया र स्थानीय फ्याक्ट्रीमा स्थानान्तरण गरिएको छ । विराटनगर २ पूर्व टोलका ३५ घर परिवारका १५० जनालाई पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन क्याम्पस, विराटनगर ५ शंकरवारीका २० घरबा ७० जनालाई आफन्तकोमा, विराटनगर ८ सुकुम्वासी टोलका ११ घरका ४० जनालाई आफन्तकोमा राखिएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । विराटनगर १६ दरैया बस्तीका ६० घरका २२० जनालाई मिल्स मावि, दुर्गा मन्दिर र हुलास वायर उद्योगमा राखिएको छ ।
बाढीका कारण उर्लाबारी ९ का १५ घरका ६० जना, सुनबर्षी ३ का ५० घरका २५० जना, कटहरी १ का ३५ घरका १ सय जना, रतुवामाई नगरपालिकाका ५ चटपटे चौकका ७ घरका २८ जना, रतुवामाई ५ महाराज थानका ९ घरका ४० जना, रतुवामाई ५ मुसरभिट्टाका ३० घरका १२५ जना, रतुवामाई ५ कुमार टोलका २९ घरका १३५ जना प्रभावित भएका छन् ।
रतुवामाई ५ का प्रभावितहरु सवैलाई आफन्तकोमा सुरक्षित राखिएको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो । उहाँका अनुार डुवानबाट प्रभावित भएका विराटनगर १२ का ३५० जनालाई जिवन विकास समाज, मारवाडी सेवा समाज र विराटनगर २ का लाई स्थानीय यूवाहरुको सहयोगमा खाजा र खानाको व्यवस्था भएको छ ।

