बरिष्ठ नृत्य निर्देशक थापा सम्मानित

विराटनगर ५ भदौ । बरिष्ठ नृत्य निर्देशक दिपेन्द्र थापा सम्मानित भएका छन् । विराट जागृति कला केन्द्र विराटनगरले नेपाली लोक संस्कृतिको क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै नृत्य निर्देशक थापालाई सम्मानित गरेको हो ।

बुधबार विराटनगरमामा आयोजित कार्यक्रममा कोशी प्रदेश प्रमुख परशुराम खापुङले थापालाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेका थिए ।
थापाले विगत ३३ वर्षदेखि नेपाली लोक संस्कृति क्षेत्रको संरक्षण, सम्वद्र्धन तथा विकासमा योगदान पुर्याउँदै आउका छन् ।

कार्यक्रममा एभरेष्ट बोर्डिङ स्कुलका प्रिन्सीपल टिकाराम पुरी, विराटनगर १० का वडाध्यक्ष अर्जुन गिरी, प्राध्यापक धर्मराज ढकाल लगायत सम्मानित हुनु भएको थियो ।

केन्द्रका संस्थापक अध्यक्ष काशी राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागि कलाकारहरुले विभिन्न संस्कृति झल्काउने नृत्य प्रस्तुत गरेका थिए ।