
विराटनगर २६ साउन । माहेश्वरी महिला मञ्च विराटनगर र रोटरी क्लब अफ विराटनगर डाउनटाउनको संयुक्त आयोजनामा ‘सेल्फ डिफेन्स’ अर्थात आत्मरक्षा तालिम कार्यक्रम सम्पन्न भएको छ ।
तालिमको सहजिकरण कराँते प्रशिक्षक विमल पोखरेलको नेतृत्वमा चार सदस्यीय दक्ष प्रशिक्षक टोलीद्वारा गरेका थिए । विराटनगरको दिल्ली पब्लिक स्कूलमा भएको तालिममा ५५ जना छात्राहरूको सहभागिता रहेको माहेश्वरी महिला मञ्च विराटनगरकी अध्यक्ष ललिता जाजुले बताइन् ।
महिलाहरूमा आत्मसुरक्षा सम्बन्धी चेतना, आत्मविश्वास र विपद् व्यवस्थापन क्षमताको विकास गर्न यो तालिम आयोजना गरिएको अध्यक्ष जाजुले बताउनुभयो ।
शारीरिक र मानसिक रूपमा सक्षम बनाउन विभिन्न आत्मरक्षा प्रविधिहरू तालिमकम सिकाइएको जाजुले बताउनुभयो ।