नमूना संयुक्त राष्ट्रसंघ युवा नेतृत्वको लागि प्लेटफर्म : एभरेष्ट स्कुल

विराटनगर २४ साउन । विराटनगरको एभरेष्ट बोर्डिङ स्कुलमा संयुक्त राष्ट्रसंघको नमूना अभ्यास गरिएको छ । साउन २१ देखि २३ गते सम्म आयोजित कार्यक्रम युवा नेतृत्वको लागि प्लेटफर्म भएको एभरेष्ट स्कुलले जनाएको छ ।

तीन दिने कार्यक्रम सम्पन्न पछि एभरेष्ट स्कुलले आफ्नो फेसबुक पेज मार्फत तीन दिनको समृद्ध कूटनीति, बहस र संवाद भएको जनाएको छ । पहिलो नमूना संयुक्त राष्ट्र संघ सफलतापूर्वक रुपमा सम्पन्न भएको जनाईएको छ । स्कुलले भनेको छ,‘ सम्मेलनभरि उत्कृष्ट सहभागिता, विचारशील योगदान र अटल उत्साहको लागि हामी कक्षा ८–१२ का सबै विद्यार्थीलाई हार्दिक धन्यवाद दिन्छौं ।’

पहिलो नमूना संयुक्त राष्ट्रसंघ अर्थपूर्ण छलफल र युवा नेतृत्वको लागि प्लेटफर्म सिर्जना गरेको स्कुलले जनाएको छ । पहिलो कार्यक्रममले भविष्यका संस्करणहरूको लागि उच्च स्तर स्थापित गरेको स्कुलका प्रिन्सीपल टिकाराम पुरीले बताउनुभयो ।

ग्लोबल हेल्प फाउन्डेसनसँगको सहकार्यमा एभरेष्ट स्कुलले पहिलो पटक आयोजना गरेको नमूना संयुक्त राष्ट्रसंघ सभाले विद्यार्थीहरुको क्षमता अभिवृद्धि गरि अन्तर्राष्ट्रिय स्तरका ज्वलन्त समस्याहरुको पहिचान र समाधानका लागि विकल्पहरु खोज्न सिकाउने, विद्यार्थीहरुको नेतृत्व र व्यक्तित्व विकास गराउने तथा अन्तर्राष्ट्रिय नीति, कुटनीति, सम्वन्ध, नियम समस्याहरुका विषयमा तार्किक विश्लेषण गर्ने सामथ्र्य बढाउने, समालोचनात्मक चेतको विकास गराउँदै सहकार्यको भावना जागृत गराउने काम भएको प्रिन्सीपल पुरीको भनाई छ ।

नमूना संयुक्त राष्ट्रसंघको अभ्यासमा एभरेष्टका विद्यार्थीहरुले विभिन्न देशका सांकेतिक प्रतिनिधिहरुको रुपमा सहभागि भएका थिए ।