४.० जीपीए ल्याउनेको रोजाई बन्यो विराटनगरको एभरेष्ट

विराटनगर १९ असार । एसईईमा ४ जीपीए ल्याउने ७ जनाले विराटनगर–५ स्थित एभरेष्ट कलेजलाई रोज्ने भएका छन् । ति मध्ये चार जनाले बिहिबार भर्ना गरिसकेको एभरेष्ट कलेजले जनाएको छ ।

कलेजका अनुसार बिहीबार एभरेष्टबाट एसईई दिएका प्रेम खतिवडा र कृती गोयल यस्तै झापा गौरादह स्थित माउण्ट एभरेष्टका अर्पण राय र मोरङकै पथरी शनिश्चरे स्थित वाल्मीकि स्कुलका निश्चल न्यौपानेले एभरेष्टमा भर्ना गर्नु भएको हो । आइतबार ४ जीपीए ल्याउने थप तीन जनाले भर्ना गर्ने एभरेष्ट कलेज प्रशासनले जानकारी दिएको छ ।

एभरेष्ट कलेजले कक्षा ११ मा विज्ञान र व्यवस्थापन संकायमा २४५ जना मात्र भर्ना लिने जनाएको छ । जसमध्ये विज्ञान संकायमा चार सेक्सनका लागि १४० विद्यार्थी र व्यवस्थापन संकायका तीन सेक्सनका लागि १०५ जना मात्र विद्यार्थी भर्ना लिने भएको हो । एभरेष्टले प्रत्येक कक्षामा ३५ जना मात्र विद्यार्थी अध्यापन गराउँदै आएको छ ।

यसवर्षदेखि एआई (कृतिम बौद्धिकता) र साइबर सेक्यूरिटी लगायतका विषयको समेत कक्षा सञ्चालन गर्ने भन्दै एभरेष्टले विद्यार्थीको शैक्षिक उन्नयनका लागि अतिरिक्त ‘माई सेकेण्ड टिचर’ को प्लेटफर्म समेत तयार गरेको छ । जहाँबाट अभिभावकले आफ्नो सन्तानले कति जानेको रहेछ भन्ने सहजै थाहा पाउन सक्छन् भने विद्यार्थीहरुले कलेजमा सिकेका कुराहरुलाई दोर्होयाई–दोर्होयाइ अध्ययन गर्ने तथा अभ्यास गर्न पाउने छन् ।

एभरेष्टले मेडिकल तथा इन्जिनियरिङ फिल्ड रोज्ने विद्यार्थीको लागि ‘प्रि मेडिकल’ र ‘प्रि इन्जिनियरिङ’ कक्षा सञ्चालन गर्दै आएको छ । काठमाडौंका ख्यातिप्राप्त संस्थाहरु नेम र पीईए सँगको सहकार्यमा प्रि कक्षाहरु सञ्चालन गर्दै आएको कलेजले जनाएको छ । यसैबीच अभिभावक र विद्यार्थीको आग्रहमा असार १८ को प्रवेश परीक्षामा सहभागि हुन नपाएका पहाडी तथा आसपासका जिल्लाका विद्यार्थीलाई लक्षित गर्दै शनिवार पुनः प्रवेश परिक्षा लिइने एभरेष्टले जानकारी गराएको छ ।

एभरेष्टका भाइस प्रिन्सिपल कुन्दन पुरीका अनुसार बाहिरबाट आउने विद्यार्थीको आग्रह अनुसार शनिवार विहान ८ बजेदेखि प्रवेश परिक्षा तोकिएको हो । बुधबार कारणवस १८ गते सहभागि हुन नसकेको मोरङकै विद्यार्थीलाई मौका दिइने उहाँले बताउनुभयो ।