
विराटनगर १४ असार । नेपाल युवा उद्यमी मञ्च (विराटनगर च्याप्टर) ले लर्निङ सेसन कार्यक्रमको आयोजना गरेको छ ।
विराटनगरमा शुक्रबार साँझ सम्पन्न कार्यक्रममा नेपालको व्यापारिक परिदृश्य, अवसर र सावधानिहरुका विषयमा जानकारी गराईएको थियो ।
कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ मोरङका अध्यक्ष सुरज तिम्सिनाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उहाँले वर्तमान अवस्थामा नेपालमा देखिएको व्यापार चुनौती र राज्यका निती तथा अवसरहरुका वारेमा प्रकाश पर्नुभयो । हालै सरकारले प्रस्तुत गरेको आ.व. २०८२–८३ को बजेटको सारांश, प्राथमिकता र मुख्य विषयवस्तुहरुको विषयमा पनि जानकारी गराउनु भएको थियो ।
व्यवसायमा गर्दा आइपर्ने समस्या र करको नीति सम्बन्धमा बढी भन्दा बढी जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको युवा उद्यमी मञ्च विराटनगर च्याप्टरका अध्यक्ष संजीव सिग्देलले बताउनु भयो ।
उहाँले यसखाले कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो । कार्यक्रममा युवा उद्यमी मञ्च विराटनगर च्याप्टमा आवद्ध युवा व्यवसायीहरुको सहभागिता थियो ।