
विराटनगर २ असार । माईती नेपाल विराटनगरले पुर्वाञ्चल वाल सेवा आश्रमका बालिकाहरुसँग मानवविखन तथा ओसारपार विरुद्ध कानुनी अभिमुखीकरण कार्यक्रम गरेको छ ।
मानव वेचविखन तथा ओसारपसार सम्वन्धि चेतना अभिवृद्धि गर्ने र कानुनी अधिकारवारे अवगत गराउने उद्देश्यले बाल सेवा आश्रमका बालिकासँग जेठ ३१ गते शनिबार एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको माईती नेपाल विराटनगरका कार्यक्रम संयोजक विनोद पोखरेलले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागीलाई संयोजक पोखरेलले माइती नेपालको उद्देश्य, सेवा र कार्यविधीको वारेमा जानकारी गराउनु भएको थियो । उहाँले वेचविखनका प्रकार, परिचालन, कानुनी व्यवस्था, प्रभावितहरुलाई कसरी संरक्षण गरिन्छ र उद्धार प्रक्रिया के कसरी गरिन्छ भन्नेवारे जानकारी गराउनु भएको थियो ।
बालिकाहरुको सुरक्षाका लागी उनीहरुलाई मानव वेचविखनको जोखिम, सुरक्षाका उपायहरु तथा कानुनी अधिकारवारे जानकारी दिनु अत्यन्तै आवश्यक रहेको पोखरेलले बताउनुभयो । मनोपरामर्शकर्ता गीताञ्जली शर्माले वाल मानसिक विकास, तनाव व्यवस्थापन र सशक्तिकरण सम्वन्धि समुहकार्यबारे अभिमुखीकरण गराउनु भएको थियो । वालआश्रमकी व्युटी श्रेष्ठले कार्यक्रमले वालिकाहरुमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा २५ जनाकिशोरी तथावालिकाहरुको सहभागीता रहेको थियो ।