भिजिट भिषा प्रकरणमा देश र जनताको हितका निम्ति सहमति : प्रचण्ड

विराटनगर ३१ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भिजिट भिषा प्रकरणमा देश र जनताको हितका निम्ति सहमति गर्न बाध्य भएको बताउनु भएको छ ।

विराटनगरमा शनिबार पत्रकारहरुसँगको कुराकानी गर्दै अध्यक्ष दाहालले निजामति कर्मचारी सेवा र शिक्षा ऐन संसदबाट छिटो पारित गर्नुपर्ने लगायतको विषयले सहमति गर्नुपरेको बताउनुभयाे ।

अहिलेको यो सहमतिले भिजिट भिषाको सम्बन्धमा छानविन र अध्ययन कसरी अघि बढ्छ त्यसले नेपाली कांग्रेससँगको समन्ध सुधार हुने, नहुने निश्चित हुने दाहालले बताउनु भयो ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आफू एउटै भएको भास्य निरंकुशतावादी, राजावादी र अराजकतावादीले निर्माण गरेको भन्दै दाहालले सबैको आ–आफ्नै विचार, सिद्धान्त र लाइन भएको स्पष्ट पार्नुभयो ।