फोकस नेपालद्धारा महिला समितिलाई मानव अधिकार सम्वन्धी सचेतना कार्यक्रम

विराटनगर २२ जेठ । सामुदायिक ऐक्युबद्धता मञ्च (फोकस नेपाल) ले विराटनगर महानगरपालिका अन्र्तगतका महिला समितिकालाई मानव अधिकार सम्वन्धी सचेतना कार्यक्रम गरेको छ ।

विराटनगर महानगरपालिकासँगको सहकार्यमा फोकस नेपालले बुधबार र विहीबार विराटनगरमा मानव अधिकार सम्वन्धी सचेतना कार्यक्रम गरेको हो । पहिलो दिन विराटनगर वडा नं. १ देखि १० सम्मका महिला समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

दोश्रो दिन विहीबार वडा नं. ११ देखि १९ सम्मका महिला समितिका सदस्यहरुको सहभागिता रहेको थियो । प्रत्येक वडाबाट ५÷५ जनाको दरले महिला समितिका सदस्यहरु कार्यक्रममा सहभागि भएको फोकस नेपालका अध्यक्ष सोमराज थापाले जानकारी दिनुभयो । उहाँका अनुसार महिला समिति सदस्यहरुलाई मानव अधिकार, नेतृत्व सीप विकास, मानसिक स्वास्थ्य र तनाव व्यवस्थापनबारे प्रशिक्षण दिईएको छ ।

कार्यक्रममा अध्यक्ष थापा अधिवक्ता कविता वस्नेत र मनोपरामर्शकर्ता गीताञ्जली शर्माले सहजीकरण गरेका थिए ।