विद्यार्थीलाई साईबर सुरक्षा सम्वन्धी अभिमुखीकरण

विराटनगर १३ जेठ । विराटनगरका दुई सामुदायिक विद्यालयका विद्यार्थीलाई साईबर सुरक्षा सम्वन्धी अभिमुखीकरण दिईएको छ ।

विराटनगर महानगरपालिकासँगको सहकार्यमा भुल्केदेवी मिडिया प्रालिको आयोजनामा विराटनगर ८ को महेन्द्र मावि र विराटनगर ११ को जनपथ माविका विद्यार्थीलाई साईबर सुरक्षा सम्वन्धी अभिमुखीकरण दिईएको हो ।

विराटनगर ८ को महेन्द्र माविमा सोमबार आयोजित कार्यक्रममा महानगर प्रमुख नागेश कोइरालाले विद्यार्थीका लागि साईबर सुरक्षा तालिम आवस्यक भएको बताउनुभयो । अहिलेको परिवेशमा साईवर अपराधबारे शिक्षा आवस्यक भएकोमा उहाँले जोड दिनुभयो ।

सो कार्यक्रममा विराटनगर ८ का वडाध्यक्ष राम पोखरेल, विद्यालयका सहायक प्रधानाध्यापक प्रेमप्रसाद कठेत, भुल्केदेवी मिडियाका सल्लाहकार महेन्द्र विष्ट लगायतले बोल्नु भएको थियो ।

विराटनगर ११ को जनपथ माविमा आज आयोजित कार्यक्रममा वडाध्यक्ष तिर्थेन्द्र न्यौपानेले साईबर सुरक्षा उपयोगी विषय भएको बताउनुभयो । यसबारे राम्रो बुझे साईबर अपराधबाट जोगिन सकिने उहाँले बताउनुभयो । सो कार्यक्रममा प्रधानाध्यापक हरिप्रसाद पराजुली, भुल्केदेवी मिडियाका सल्लाहकार महेन्द्र विष्ट लगायतले बोल्नु भएको थियो ।

दुई विद्यालयमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिका सञ्चार शाखा प्रमुख कमला निरौला, महिला बालबालिका शाखा प्रमुख सुनिता पौडेल लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा कक्षा ८ देखि १० सम्मका दुई सय विद्यार्थी सहभागि भएका थिए । तालिमको सहजीकरण प्रितम साह र अधिवक्ता विवेक तिम्सीनाले गर्नुभएको थियो ।