एमालेको उम्मेदवार नै राष्ट्रपति, नाम फागुन १३ गते : ओली

विराटनगर ७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको उम्मेदवार नै राष्ट्रपति हुने दावी गरेका छन् । एमालेको उम्मेदवारमै राष्ट्रिय सहमति बन्ने उनको  भनाई छ । विराटनगर विमानस्थलमा आईतबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा एमाले अध्यक्ष ओलीले सो कुरा बताएका हुन । उनले भने,‘ एमालेको उम्मेदवारमा सवैको सहमति जुट्छ ।’ एमालेले फागुन १३ गते उम्मेदवार फाइनल […]

राष्ट्रपतिको निर्वाचन नजिकिंदै गर्दा रामचन्द्र पौडेलको राजनीतिक दौडधुप तीव्र

विराटनगर ६ फागुन । राष्ट्रपति निर्वाचनको मिति नजिकिदै गर्दा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक दौडधुप तीव्र पार्नु भएको छ । संसदको सबै भन्दा ठूलो दल कांग्रेसको तर्फबाट राष्ट्रपति पदको उम्मेद्वारमा वरिष्ठ नेता पौडेलको चर्चा चलिरहेको हो । राष्ट्रपति बन्ने आशंका राख्नुभएका पौडेलले राजनीतिक दलका शीर्ष नेताहरुसँगको भेटवार्तालाई पछिल्ला दिनमा थप सघन बनाउनुभएको छ […]

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त

विराटनगर २६ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएका छन् । उनले आफूलाई विश्वासको मत दिन प्रदेशसभामा गरेको प्रस्तावमाथि छलफल नै हुन सकेन । मुख्यमन्त्रीले राखेको छलफलको प्रस्ताव नै बहुमतले अस्वीकृत भएपछि मतदानसम्म पनि पुग्न सकेन । मुख्यमन्त्रीले लामो सम्बोधन गरेर आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । तर निर्णायक मानिएको नागरिक […]

संचार क्षेत्र र न्यायपालिकामाथिको धम्की र आक्रमण सह्य हुँदैन : कोइराला

काठमाडौं २४ माघ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संचार क्षेत्र र न्यायपालिकामाथिको धम्की र आक्रमण सह्य नहुने बताएका छन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा न्यायलयमाथि गरेको अनावश्यक टिप्पणी र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले संचार क्षेत्रमाथि लगाएको आरोप र दिएको धम्कीप्रति लक्षित गर्दै कांग्रेस नेता कोइरालाले भने, ‘स्वतन्त्र न्यायपालिका र […]

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आजै राजीनामा बुझाउने

विराटनगर, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउने भएका छन् । रास्वपा आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले पार्टीबाट मन्त्री बनेकाहरुले आइतबार नै राजीनामा बुझाउने जानकारी दिनुभयो । रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या […]