नोवेल र न्युरो अस्पतालवीच क्यान्सर र न्युरोलोजी उपचारमा सहकार्य हुने

विराटनगर २१ मंसिर । नोवेल मेडिकल कलेज र न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पताल विराटनगरवीच उपचार सेवामा सहकार्य हुने भएको छ । मेडिकल कलेज र अस्पतालवीच आज क्यान्सर र न्युरोलोजी उपचारमा सहकार्य गर्ने सम्झौता भएको आज पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ । सम्झौता अनुशार न्युरो अस्पतालमा उपचाररत विरामीहरुलाई क्यान्सर सम्वन्धी परामर्श तथा उपचार चाहिएमा नोवेलसँग […]

न्युरो अस्पताल विराटनगरले आयोजना गरेको न्यूरोलोजी तथा पल्मोनोलोजी शिविरमा ८१ जनाको परीक्षण

विराटनगर २० मंसिर । न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल विराटनगरले आज न्यूरोलोजी (टाउको तथा नशा ) तथा पल्मोनोलोजी (फोक्सो तथा दम ) रोगबारे निशुल्क ओपीडी शिविर सञ्चालन गरेको छ । भारतको हरियाणा स्थित अमृता हस्पिटलसँगको सहकार्यमा न्युरो अस्पताल विराटनगरले आज सञ्चालन गरेको शिविरमा ८१ जनाले परीक्षण गराएको अस्पतालले जनाएको छ । शिविरमा फोक्सो तथा दम […]

प्राइम अस्पताल विराटनगरको सेवा शुरु, सञ्चालकका आमाहरुद्धारा सामुहिक उद्घाटन

विराटनगर १४ मंसिर । विराटनगरमा आजदेखि प्राइम अस्पतालले सेवा शुरु गरेको छ । विराटनगर हस्पिटल चौकमा साविक गोल्डेन अस्पताल सञ्चालन भएको भवनबाट प्राइम अस्पतालले आजदेखि सेवा शुरु गरेको हो । अस्पतालको ७ जना सञ्चालकका आमाहरुले सामुहिक रुपमा उद्घाटन गर्नु भएको थियो । अस्पतालका सञ्चालक सनातन मण्डलले अस्पताल भवनको पुननिर्माण र उपकरण सहित गरि ११ करोडको […]

क्षयरोग नियन्त्रणमा सरकारले पर्याप्त चासो नदिएको गुनासो

विराटनगर १४ मंसिर । ७२ औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवसको अवसरमा विराटनगरमा आयोजना गरिएको कार्यक्रममा सरोकारवालाले नेपाल सरकारले क्षयरोग नियन्त्रणमा पर्याप्त चासो नदिँदा संक्रमितको संख्या बढ्दै गएको गम्भीर चिन्ता व्यक्त गरेका छन । नेपाल क्षयरोग निवारण संस्था मोरङद्वारा आयोजित कार्यक्रममा विज्ञ एवं चिकित्सकले आगामी पुस्तालाई सुरक्षित राख्न क्षयरोग नियन्त्रणलाई उच्च प्राथमिकता दिनुपर्ने सुझाव दिए । […]

सुनसरी गढीको स्वास्थ्य चौकीमा आधुनिक प्रसूति केन्द्र निर्माणका लागि चौधरी फाउन्डेसनको सहयोग

विराटनगर १० मंसिर । चौधरी फाउण्डेशनले सुनसरीको गढी गाउँपालिका–७ स्थिते सत्यमझोरा स्वास्थ्य चौकीको स्तरउन्नती तथा आधुनिक प्रसूति केन्द्रका लागी सामग्रीहरु हस्तान्तरण गरी उद्घाटन गरेको छ । फाउन्डेसनको सहयोगले गढी र आसपासका क्षेत्रका सेवाग्राहीलाई सुरक्षित, सहज र गुणस्तरीय मातृ तथा नवजात स्वास्थ्य सेवामा पहुँच प्रवर्धन गर्ने चौधरी फाउण्डेशनले जनाएको छ । चौधरी फाउन्डेशनले स्वास्थ्य चौकीलाई आवश्यक […]