विराटनगर २६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् ढाकाकुमार श्रेष्ठलाई पार्टीले निलम्बन गरेको छ । सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि पार्टीले निलम्बन गरेको हो । पार्टीले श्रेष्ठलाई सांसद तथा पार्टीको पदमा रहेर कुनै पनि काम काज नगर्ने गरी तत्कालको लागि निलम्बन गरेको हो । रास्वपा संसदीय दलका […]
विराटनगर, चैत २६ । गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब पुगेको छ । विराटनगरको सहिद रंगशालामा भइरहेको प्रतियोगिताअन्तर्गत आज बिहान भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले मधेस प्रदेशलाई १२–० को फराकिलो गोल संख्यामा पराजित गर्दै फाइनलमा पुगेको हो । आइतबार राति नेपाल पुलिस क्लब र सुदूपश्चिम प्रदेशबीच हुने […]
विराटनगर २६ चैत । नेपाल बैंक लिमिटेड बजार अड्डा विराटनगर शाखाको नवर्निमित भवनको उद्घाटन गरिएको छ । भवनको विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले एक समारोहका बीच आज उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले नेपालको पहिलो बैंकका रुपमा स्थापित नेपाल बैंकले ग्राहकको मन जित्नुपर्नेमा जोड दिनुभयो । बैंकहरुबीच पनि प्रतिस्पर्धा रहेकाले राम्रो सेवा […]
विराटनगर २६ चैत । विराटनगर महानगरपालिकाको आन्तरिक आय अभिवृद्धि गर्ने उद्देश्यका साथ वडा सदस्यसमेत रहेका सम्पर्क व्यक्तिहरुका लागि क्षमता वृद्धि तालिम सुरु भएको छ । विराटनगर महानगरपालिकाको आयोजनामा सुरु भएको तालिमको महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले उद्घाटन गरे । तालिममा १९ वटै वडाका सम्पर्क व्यक्ति सहभागी छन् । महानगरले आफ्नो आन्तरिक आय वृद्धिका लागि […]
विराटनगर २४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले अव तिव्रता पाउने आश्वासन दिनुभएको छ । राजनीतिक उतारचढावका कारण सरकारको नेतृत्व लिएको १०० दिनसम्म काम गर्न नसकेको स्वीकार गर्दै ‘सरकारको एक सय दिन राजनीतिक रुपले अलि उतार चढावमय भयो’, उहाँले कांग्रेससँगको गठबन्धनबारे भन्नुभयोे, ‘तर जहाँ गएर ल्याण्ड हुनुपर्ने थियो त्यहीँ ल्याण्ड भयो, यो तपाई हामी […]