सरकारलाई ध्यानाकर्षण गराउन कांग्रेसले बोलायो विशेष बैठक

विराटनगर १४ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विशेष बैठक बोलाएको छ । भोलि (आइतबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा बस्नेगरी बैठक बोलाइएको हो । पछिल्ला समसामयिक घटनाक्रमबारे सरकारलाई ध्यानाकर्षण गर्नका लागि कांग्रेसको विशेष बैठक बोलाएको एक पदाधिकारीले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार, बैठकमा सभापति गगन थापा, वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, […]

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै

विराटनगर १४ कात्तिक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा सत्याग्रहमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । पानीको भरमा सत्याग्रह गरिरहेका उहाँले रगतमा चिनीको मात्रा घटेको र बोल्नसमेत गाह्रो हुन थालेको बताउनु भएको छ । २५ औँ सत्याग्रहको तेस्रो दिनमा आइपुग्दा डा. केसीले शारीरिक कमजोरी महसुस गर्न […]

यातायात मजदुरको क्षमता अभिवृद्धिका लागि विराटनगरमा अन्तरक्रिया

विराटनगर १४ कात्तिक । यातायात क्षेत्रलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन चालक तथा सहचालकको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विराटनगरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा हाम्रो आयुष पियुष मोटर ड्राइभिङ सेन्टरले आयोजना गरेको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ नायव निरीक्षक सञ्जयकुमार यादवले ट्राफिक नियम, […]

वडा सचिव मल्लिक सेवा निवृत्त

विराटनगर १२ कात्तिक । विराटनगर महानगरपालिका वडा नं. ८ का सचिव मनोज मल्लिक अनिवार्य अवकाशमा जानुभएको छ। लामो समय सरकारी सेवामा रहेर स्थानीय तहको प्रशासनिक सेवामा योगदान पुर्‍याउनुभएका मल्लिकलाई वडा कार्यालयले एक कार्यक्रमबीच बुधबार बिदाइ गरेको छ। मल्लिक २०५४ चैत २७ गते तत्कालीन विराटनगर उपमहानगरपालिकामा खरिदार पदमा नियुक्त हुनुभएको थियो। सेवाकालका क्रममा उहाँले विराटनगर महानगरपालिकाअन्तर्गतका […]

मोरङको कानेपोखरीमा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण, शनिबार चार्ज गरिने

विराटनगर १२ कात्तिक । मोरङको कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न भएको छ । मोरङ र आसपास क्षेत्रको विद्युत् मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथागुणस्तरीय बनाउन सो पूर्वाधारले सहयोग पुग्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । बस्टेसन आउँदो शनिबार र आइतबार चार्ज गर्ने गरिने प्राधिकरणले जनाएको छ । पूर्वपश्चिम […]