नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सकियो

विराटनगर ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते रातिबाट मतगणना सुरु भएको थियो । गणना सुरु भएको सात दिनमा २३१ जना निर्वाचित भएको परिणाम सार्वजनिक भएको हो । संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय हुनेछ । जसमध्ये २३१ जना निर्वाचित हुने र […]

बाल संसार स्कुलमा दशैंको शुभकामना आदानप्रदान

विराटनगर २९ असोज । विराटनगर–५ स्थित बाल संसार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीलाई टीका, जमरा र दक्षिणा प्रदान गर्दै दशैंको शुभकामना आदानप्रदान गरेको छ । विद्यालयले किताबी ज्ञानसँगै नेपाली संस्कृति, परम्परा र चाडपर्वको महत्वबारे व्यवहारिक शिक्षा दिने उद्देश्यले विद्यार्थीलाई टीका, जमरा र दक्षिणा प्रदान गरेको हो । विद्यालयका प्रिन्सिपल खड्ग राईले विद्यार्थीलाई हरेक चाडपर्वको महत्व र […]

विराटनगरमा ७९९ मा ३० भन्दा बढी परिकारका खाना

विराटनगर २९ असोज । विराटनगरको कञ्चनबारीमा रोयल बफेट एण्ड गेस्ट हाउस सञ्चालनमा आएको छ । तीन जना युवाको संयुक्त लगानीमा बिहीबारदेखि सञ्चालनमा आएको बफेटमा ३० भन्दा बढी प्रकारका खानाका परिकार उपलब्ध हुने सञ्चालकले बताएका छन् । बफेटमा ७९९ रुपैयाँमै ३० भन्दा बढी प्रकारका खानाका परिकारको स्वाद लिन सकिने सञ्चालक पप्पु अन्सारीले जानकारी दिनुभयो । ग्राहकलाई […]

नवरात्रको पाँचौँ दिन आज : स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादसैँको धार्मिक उल्लाससँगै नवरात्रको पाँचौँ दिन आज (बिहीबार) नवदुर्गाकी पाँचौं स्वरूप स्कन्दमाताको पूजाआराधना गरिँदै छ । आश्विन शुक्ल पञ्चमीका दिन घरघरमा, दसैँघर तथा पूजा कोठामा विधिपूर्वक देवीको पूजा गरी शक्ति, समृद्धि र ज्ञान प्राप्तिको कामना गरिन्छ । सनातन धार्मिक परम्पराअनुसार नवरात्रका नौ दिन दुर्गाका नौवटा स्वरूपको क्रमशः पूजा गर्ने चलन छ । नवरात्रको पहिलो दिन […]

अर्किड स्कुलमा दसैंको शुभकामना आदानप्रदान

विराटनगर २८ असाेज । अर्किड स्कुल विराटनगरले नेपालीहरूको महान् चाड बडादसैं (विजयादशमी) का अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । विद्यालय परिसरमा आज आयोजित कार्यक्रममा शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल मनिष भट्टराईले हाम्रा मौलिक चाडपर्वहरूले समाजमा आपसी भाइचारा, मेलमिलाप र सद्भाव कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयाे । उनले यस्ता सांस्कृतिक […]