बाल संसार स्कुलमा दशैंको शुभकामना आदानप्रदान

विराटनगर २९ असोज । विराटनगर–५ स्थित बाल संसार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीलाई टीका, जमरा र दक्षिणा प्रदान गर्दै दशैंको शुभकामना आदानप्रदान गरेको छ । विद्यालयले किताबी ज्ञानसँगै नेपाली संस्कृति, परम्परा र चाडपर्वको महत्वबारे व्यवहारिक शिक्षा दिने उद्देश्यले विद्यार्थीलाई टीका, जमरा र दक्षिणा प्रदान गरेको हो । विद्यालयका प्रिन्सिपल खड्ग राईले विद्यार्थीलाई हरेक चाडपर्वको महत्व र […]

अर्किड स्कुलमा दसैंको शुभकामना आदानप्रदान

विराटनगर २८ असाेज । अर्किड स्कुल विराटनगरले नेपालीहरूको महान् चाड बडादसैं (विजयादशमी) का अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । विद्यालय परिसरमा आज आयोजित कार्यक्रममा शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल मनिष भट्टराईले हाम्रा मौलिक चाडपर्वहरूले समाजमा आपसी भाइचारा, मेलमिलाप र सद्भाव कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयाे । उनले यस्ता सांस्कृतिक […]

एभरेष्ट मन्टेश्वरीमा चाडपर्व विशेष कार्यक्रम

विराटनगर २८ असाेज । विराटनगर– ५ स्थित एभरेष्ट मा.वि.को मन्टेश्वरी मा दशैं, तिहार, नेपाल सम्वत्, म्ह पूजा, छठलगायतका विविध पर्व लक्षित गर्दै विशेष कार्यक्रम गरिएको छ । पाठ्यक्रममा चाडपर्वहरूको विषयमा उल्लेख भएपनि त्यसलाई व्यवहारिक रुपमा कसरी मनाइन्छ भन्ने बुझाउन चाडपर्व लक्षित कार्यक्रम गरिएको हो । कार्यक्रममा नवरात्रिमा पुजिने विभिन्न दुर्गा माताका विभिन्न स्वरुपमा विद्यार्थीहरुलाई सजाई […]

लोकसेवा परीक्षामा ब्राइट भिजनका सुभाष उत्कृष्ट, योग्यता क्रममा पहिलो

विराटनगर २८ असोज । ब्राइट भिजन ल कलेज विराटनगरका विद्यार्थी सुभाष लामिछाने लोक सेवा आयोगको परीक्षामा उत्कृष्ट हुँदै योग्यता क्रममा पहिलो नम्बरमा नाम निकाल्न सफल भएका छन् । लामिछाने नेपाल न्याय सेवा, न्याय, कानुन तथा सरकारी वकिल समूहअन्तर्गत राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत वा सो सरहको पदमा छनोट भएका हुन् । उनले सरकारी वकिल समूह […]

सुन्दरहरैँचाको सिद्धार्थ सेकेण्डरी स्कुलको प्रविधिमैत्री शिक्षणतर्फ फड्को, शिक्षकलाई एआई तालिम

सुन्दरहरैँचा २१ असाेज । मोरङको सुन्दरहरैँचा–१० स्थित सिद्धार्थ सेकेण्डरी स्कुलले शिक्षण–सिकाइ प्रक्रियालाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले आफ्ना १२० जना शिक्षकलाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी प्रशिक्षण दिएको छ। शिक्षा क्षेत्रमा एआईको प्रयोग तीव्र रूपमा विस्तार भइरहेका बेला शिक्षकलाई प्रविधिको ज्ञान र व्यावहारिक सीप प्रदान गर्दै कक्षाकोठाको शिक्षणलाई थप प्रभावकारी, सिर्जनात्मक र प्रविधिमैत्री बनाउने उद्देश्यले प्रशिक्षण आयोजना […]