विराटनगरको विकासका लागि एडीवीद्वारा तेस्रो चरणको काम सुरु

विराटनगर, २१ भदौ । विराटनगरको विकासका लागि एसियाली विकास बैंक (एडीवी)ले तेस्रो चरणको कार्य सुरु गरेको छ । एडीवीका प्रतिनिधिहरूले महानगरका प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीसित भेटेर हालसम्म भएको प्रगतिका विषयमा छलफल गरेको छ । एडीवीको सहयोगमा विराटनगरमा एकीकृत फोहोर व्यवस्थापनको केन्द्र, बाढी र डुबान समस्याको दीर्घकालीन समाधानका लागि नाला निर्माण, सहरी […]

प्रदेश १ बाट एक वर्षमा ५ हजार ७ सय महिला बालिका सीमा नाकामा रोकिए

विराटनगर, २० भदौ । प्रदेश १ मा मा ५ हजार भन्दा बढी महिला तथा बालबालिकालाई सीमा नाकामा रोकिएको छ । आर्थिक वर्ष २०७८–०७९को असार मसान्तसम्ममा विभिन्न सीमा क्षेत्रमा काम गर्ने संघ संस्थाले सीमा क्षेत्रबाट ५ हजार ७ सय २१ जनालाई सीमा नाकामा रोकिएको तथ्यांक सार्वजनिक गरिएको हो । माइती नेपाल मोरङको आयोजनामा विराटनगरको रानीमा मानव […]

जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणमा राज्य संवेदनशील हुनुपर्नेमा जोड

विराटनगर, २० भदौ । राज्य संवेदनशील नभएसम्म जलवायु परिवर्तन र यसको असर न्यूनीकरण गर्न नसकिने सरोकारवालाहरुले बताएका छन् । अन्नपूर्ण मिडिया नेटवर्कद्वारा आज आयोजित जलवायु परिवर्तन र शासन बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुको यस्तो भनाई आएको हो । राज्यका निकायहरु गम्भीर नहुँदा नेपालमा प्रत्येक वर्ष बाढी, पहिरोे, डुबान, आगलागी र भुकम्पजस्ता जलवायुजन्य संकटको जोखिम उच्च […]

मोरङका ६ क्षेत्रमा चुनाव लड्न एमालेबाट १३ जना सिफारिस

विराटनगर, १९ भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले मोरङका ६ वटा प्रतिनिधिसभाको क्षेत्रका उम्मेदवारको नाम सिफारिस गरेको छ । क्षेत्रीय समन्वय कमिटीहरुले आज ६ वटै क्षेत्रबाट उम्मेदवारहरुको नाम सिफारिस गरिएको जनाएका छन् । क्षेत्र नम्वर १ बाट स्थायी कमिटी सदस्य डा. शिवमाया तुम्वाहाम्फे सहित ५ जनाको नाम सिफारिस भएको छ […]

डा. कोइरालासँग ‘पोलिटिकल’ कुरा भयो : एमाले अध्यक्ष ओली

विराटनगर, १७ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग ‘पोलिटिकल’ कुरा भएको बताउनु भएको छ । उहाँले हामीवीच ‘पोलिटिकल’ बाहेक अरु कुरा नभएको बताउनुभयो । एमाले निटक विद्यार्थी संगठन अनेरास्ववियुको प्रदेश १ स्तरिय प्रशिक्षणमा विराटनगर आउनु भएका अध्यक्ष ओलीले पत्रकारसँगको संक्षिप्त कुराकानीमा सो कुरा बताउनु भएको हो । […]