विराटनगर ३० कात्तिक । कोशी प्रदेश सरकार र ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ मा प्रादेशिक अस्पताल तथा मेडिकल कलेज निर्माणको माग गर्दै अनसनमा बसेका स्थानीय जग्गादाताबीच सहमति भएको छ । सहमतिसँगै जग्गादाताहरूले अनसनका कार्यक्रम स्थगित गरेका छन् । स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुली र अनसनरत जग्गादाताहरूबीच आज साँझ भएको छलफलमा अस्पताल निर्माण प्रक्रिया अघि बढाउने सहमति जुटेको संघर्ष […]
विराटनगर ३० कात्तिक । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ मा प्रादेशिक अस्पताल तथा मेडिकल कलेज निर्माणको माग गर्दै स्थानीय जग्गादाताहरूले कोशी प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि आमरण अनसन सुरु गरेका छन् । मेडिकल कलेज तथा प्रादेशिक अस्पताल स्थापनाका लागि स्थानीय ३२ जना जग्गादाताले १६७ रोपनी जग्गा निःशुल्क उपलब्ध गराए पनि हालसम्म निर्माण कार्य सुरु नभएपछि […]
विराटनगर २९ कात्तिक । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिइएको छ । बिहानै स्नान गरी दिनभर निर्जल ब्रत गरेका ब्रतालुले बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने व्रत विधि छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरू […]
विराटनगर २७ कात्तिक । लामो समयदेखि रोकिँदै आएको जग्गाको कित्ताकाट खुला भएसँगै विराटनगर महानगरपालिका क्षेत्रभित्रको घरजग्गा कारोबारले पुनः गति लिने भएको छ । भू–उपयोग क्षेत्र वर्गीकरणको प्रक्रिया पूरा गरी महानगरपालिकाले आवश्यक विवरण नापी कार्यालयमा पठाएपछि जग्गाको कित्ताकाटसम्बन्धी काम अघि बढाउने बाटो खुलेको हो । महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका १९ वटै वडाको भू–उपयोग क्षेत्र वर्गीकरणसम्बन्धी अन्तिम प्रतिवेदन […]
विराटनगर २७ कात्तिक । आस्था र श्रद्धाको पर्व छठको धार्मिक तथा पारम्परिक विधि शुक्रबारदेखि सुरु भएको छ । व्रतालुहरूले शुक्रबार ‘नहाय–खाय’ विधि सम्पन्न गर्दै चार दिनसम्म मनाइने छठ पर्वको औपचारिक सुरुवात गरेका छन् । नहाय–खायका दिन व्रतालुहरूले स्नान गरी शरीर र मनलाई शुद्ध पारेपछि चोखो नितो गरेर लौकाको तरकारी र भात खाने गर्छन् । लौकालाई […]