विराटनगर २५ पुस । कोशी प्रदेश सरकारले पहिलोपल्ट कोशी घुम्ती अस्पताल सञ्चालनमा ल्याएको छ। झापाको कमल गाउँपालिका बाट यो घुम्ती अस्पतालको शुभारम्भ गरिएको छ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अस्पतालको शुभारम्भ गर्नुभयो। ठूलो बसभित्र अत्याधुनिक मेडिकल उपकरण जडान गरी यो सेवा सञ्चालनमा ल्याइएको हो। कोशी प्रदेश स्वास्थ्य निर्देशनालयकी नर्सिङ प्रशासक आस्था थापाका अनुसार […]
विराटनगर ११ पुस । नेपाल पत्रकार महासंघ मोरङले आज आयोजनाको गरेको स्वास्थ्य शिविरमा ७३ जना पत्रकारहरुले स्वास्थ्य परीक्षण गराएका छन् । विराट नर्सिङ होमको प्राविधिक सहयोगमा महासंघले मुटु, आँखा र कान संवन्धी स्वास्थ्य शिविर आयोजना गरेको हो । स्वास्थ्य परीक्षणका क्रममा पत्रकारहरुमा उच्चरक्तचाप, आँखाको समस्या बढी पाईएको चिकित्सकहरुले बताएका छन् । स्वास्थ्य शिविरमा ७ जना […]
विराटनगर १० पुस । क्षयरोगमुक्त अभियान नेपाल अन्तर्गत विराटनगर महानगरपालिकामा सञ्चालन भइरहेको ‘क्षयरोग मुक्त पालिका कार्यक्रम’ अन्तर्गत सक्रिय क्षयरोग खोजपडताल शिविर सम्पन्न भएको छ । महानगरपालिकाको आयोजनामा स्वास्थ्य कार्यालय मोरङ र बागमती सेवा समाजको प्राविधिक सहयोगमा पुस १ देखि ५ गतेसम्म वडा नं. ४, ८, १२, १४ र १७ मा शिविर सञ्चालन गरिएको हो । […]
विराटनगर, २ पुस । विराटनगर ट्रक व्यवसायी संघको आयोजनामा आज ट्रक चालक तथा सह–चालकहरूका लागि निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोग तथा नेपाल नेत्र ज्योति संघ मोरङ शाखाको सहकार्यमा शिविर आयोजना गरिएको विराटनगर ट्रक व्यवशायी संघका अध्यक्ष सञ्जीव सिग्देलले जानकारी दिनुभयो । मोरङको बुढीगंगा गाउँपालिका वडा नं. २ मा […]
विराटनगर २१ मंसिर । नोवेल मेडिकल कलेज र न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पताल विराटनगरवीच उपचार सेवामा सहकार्य हुने भएको छ । मेडिकल कलेज र अस्पतालवीच आज क्यान्सर र न्युरोलोजी उपचारमा सहकार्य गर्ने सम्झौता भएको आज पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ । सम्झौता अनुशार न्युरो अस्पतालमा उपचाररत विरामीहरुलाई क्यान्सर सम्वन्धी परामर्श तथा उपचार चाहिएमा नोवेलसँग […]