प्रदेश प्रमुख खापुङकाे कार्यकाल सकिदै, मुख्यमन्त्री कार्कीकाे विदाई भेट

विराटनगर १५ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसँग बिदाइ भेट गर्नुभएको छ। पाँचवर्षे कार्यकाल पूरा गरी यही कात्तिक २४ गते विदा हुन लाग्नुभएका प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीले आज भेट गर्नुभएको हो। २०७८ साल कात्तिक २५ गते प्रदेश प्रमुखको कार्यभार सम्हाल्नुभएका खापुङको कार्यकाल पूरा हुन लागेसँगै मुख्यमन्त्री कार्कीले उहाँले प्रदेशको […]

सरकारलाई ध्यानाकर्षण गराउन कांग्रेसले बोलायो विशेष बैठक

विराटनगर १४ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विशेष बैठक बोलाएको छ । भोलि (आइतबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा बस्नेगरी बैठक बोलाइएको हो । पछिल्ला समसामयिक घटनाक्रमबारे सरकारलाई ध्यानाकर्षण गर्नका लागि कांग्रेसको विशेष बैठक बोलाएको एक पदाधिकारीले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार, बैठकमा सभापति गगन थापा, वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, […]

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै

विराटनगर १४ कात्तिक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा सत्याग्रहमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । पानीको भरमा सत्याग्रह गरिरहेका उहाँले रगतमा चिनीको मात्रा घटेको र बोल्नसमेत गाह्रो हुन थालेको बताउनु भएको छ । २५ औँ सत्याग्रहको तेस्रो दिनमा आइपुग्दा डा. केसीले शारीरिक कमजोरी महसुस गर्न […]

यातायात मजदुरको क्षमता अभिवृद्धिका लागि विराटनगरमा अन्तरक्रिया

विराटनगर १४ कात्तिक । यातायात क्षेत्रलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन चालक तथा सहचालकको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विराटनगरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा हाम्रो आयुष पियुष मोटर ड्राइभिङ सेन्टरले आयोजना गरेको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ नायव निरीक्षक सञ्जयकुमार यादवले ट्राफिक नियम, […]

वडा सचिव मल्लिक सेवा निवृत्त

विराटनगर १२ कात्तिक । विराटनगर महानगरपालिका वडा नं. ८ का सचिव मनोज मल्लिक अनिवार्य अवकाशमा जानुभएको छ। लामो समय सरकारी सेवामा रहेर स्थानीय तहको प्रशासनिक सेवामा योगदान पुर्‍याउनुभएका मल्लिकलाई वडा कार्यालयले एक कार्यक्रमबीच बुधबार बिदाइ गरेको छ। मल्लिक २०५४ चैत २७ गते तत्कालीन विराटनगर उपमहानगरपालिकामा खरिदार पदमा नियुक्त हुनुभएको थियो। सेवाकालका क्रममा उहाँले विराटनगर महानगरपालिकाअन्तर्गतका […]