महानगर उपप्रमुख कार्कीकाे नेतृत्वमा विराटनगरमा सरसफाइ अभियान

विराटनगर २४ असाेज । विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीको नेतृत्वमा विराटनगर–धरान सडकखण्डमा सरसफाइ अभियान सञ्चालन गरिएको छ। महानगरलाई स्वच्छ, सफा र सुन्दर बनाउने उद्देश्यले प्रत्येक शनिबार बिहान ६ देखि ८ बजेसम्म सञ्चालन गरिने अभियानको दोस्रो हप्ता शनिबार सरसफाइ गरिएको हो। महानगरपालिकाको अगुवाइमा सञ्चालन भइरहेको अभियानमा महानगरपालिकाका कर्मचारी तथा सरसफाइकाे क्षेत्रमा कार्यरत नेपाल फुलबारी , […]

अनलाइन माध्यमबाट बढ्दै वन्यजन्तुको अवैध कारोबार

विराटनगर, २९ भदौ । वन्यजन्तु तथा वन्यजन्तुका अंगहरूको अवैध कारोबारमा पछिल्लो समय अनलाइन माध्यमको प्रयोग बढ्दै गएको पाइएको छ । वन्यजन्तु तस्करहरूले अनलाइन माध्यमबाट कारोबार गर्न थालेसँगै यस क्षेत्रमा संगठित अपराधसमेत बढ्दै गएको संरक्षणकर्मीहरूले बताएका छन् । कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्र यादवले वन्यजन्तु तस्करहरूले अनलाइन माध्यमको प्रयोग गरी अवैध कारोबार […]

रथयात्राको पछिपछि सरसफाइ टोली, रथ सकिँदा विराटनगर सफा

विराटनगर, २१ भदौ । विराटनगरमा निकालिएको राधाकृष्ण रथयात्राको ५९ औँ संस्करणमा यसपटक सरसफाइ तथा फोहोर व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको छ । रथयात्रामा सहभागी भक्तजनलाई पानी, सर्वत तथा प्रसाद वितरणका क्रममा उत्पादन हुने फोहोर तत्काल संकलन गरी व्यवस्थित रूपमा व्यवस्थापन गरिएको छ । रथयात्राका क्रममा सडक तथा आसपासका क्षेत्रमा फोहोर बढ्न सक्ने भएकाले त्यसलाई तत्काल संकलन, […]

सहज सडक पहुँचको पखाईमा पर्यटकीय गन्तव्य जेफाले

जेफाले – मोरङको उत्तरी पहाडी क्षेत्रमा अवस्थित प्राकृतिक सुन्दरताले भरिपूर्ण जेफाले यतिबेला सहज सडक पहुँचको प्रतीक्षामा छ । छिन–छिनमा परिवर्तन हुने मौसम, मनमोहक प्राकृतिक दृश्य, सूर्योदय–सूर्यास्तको अनुपम दृश्यावलोकन, हरियाली चियाबारी, सामुदायिक होमस्टे तथा सांस्कृतिक विविधताका कारण जेफाले पछिल्ला वर्षहरूमा आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । तर पर्यटकीय सम्भावना बोकेको यो क्षेत्रसम्म पुग्ने सडकको […]

विराटनगरमा जलवायु न्याय सम्बन्धी सिकाइ गोष्ठी

विराटनगर १५ असार । विराटनगरमा स्थानीय युवा, विद्यार्थी र जलवायु अभियन्ताहरूलाई जलवायु परिवर्तन र जलवायुको मुद्दामा सशक्त बनाउने उद्देश्यका साथ विराटनगर जलवायु सिकाइ गोष्ठी सम्पन्न भएको छ । दिगो विकास इन्स्टिच्युट र ग्रिन सिटी भोलन्टियर्स विराटनगरको आयोजनामा आईतबार एक दिने विशेष कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको सुरुवात गर्दै दिगो विकास इन्स्टिच्युटका अध्यक्ष अभिषेक श्रेष्ठले […]