नेपाली काङ्ग्रेसद्वारा ग्रामथानकाे अध्यक्षमा बलराम सरदारलाई उम्मेदवार बनाउने निर्णय

विराटनगर २२ कात्तिक । आगामी  मङ्सिर १६ गते हुने उपनिर्वाचनको लागि नेपाली काङ्ग्रेस मोरङले ग्रामथान गाउँपालिकाको अध्यक्षको उम्मेदवारको रुपमा बलराम सरदारलाई चयन गरेको छ। नेपाली काङ्ग्रेसका पूर्व महासमिति सदस्य सरदारलाई उम्मेदवार बनाउन जिल्लास्तरीय समितिले निर्णय गरेको हो। नेपाली कांग्रेस मोरङका सूचना संचार एवम प्रचार विभाग प्रमुख वीरेन्द्रकुमार साहले यसबारे जानकारी गराउँदै सरदारको उम्मेदवारी सर्वसम्मत निर्णयको […]

मुलुकको स्थायीत्वका लागि कांग्रेस–एमाले गठबन्धन : एमाले बरिष्ठ उपाध्यक्ष पोखरेल

विराटनगर १४ कात्तिक । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले मुलुकको स्थायीत्वका लागि नेपाली कांग्रेस र एमालेको वीचमा गठबन्धन गरिएको बताउनु भएको छ । मुलुकलाई थप संकटमा फस्न नदिनका लागि दुई ठुला पार्टीहरु मिलेर सरकार गठन गरिएको उहाँको भनाई छ । नेकपा एमाले मोरङले पार्टी कार्यालय पाञ्चालीमा आज आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा […]

असामाजिक क्रियाकलापहरु फस्टाउन दिईदैन : प्रधानमन्त्री ओली

विराटनगर १३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा असामाजिक क्रियाकलापहरु फस्टाउन नदिइने बताउनु भएको छ । मंगलबार सशस्त्र प्रहरी बल नेपालको निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभिन्न शक्तिहरु नेपाली मनलाई विभाजित गर्न खोजेको बताउनुभयो । उहाँले साम्प्रदायिक विद्वेष र अराजक क्रियाकलापहरुमार्फत नेपाली मनलाई विभाजित गर्न कोशिस भएको भन्दै त्यसलाई सफल […]

कांग्रेस कोशी प्रदेशले मंसिर २२ गते प्रदेश सम्मेलन गर्ने

विराटनगर १३ कात्तिक । नेपाली कांग्रेस कोशी प्रदेशको सम्मेलन आगामी मंसिर २२ गते हुने भएको छ ।  नेपाली कांग्रेस प्रदेश समितिका सभापति उद्धव थापाको अध्यक्षतामा बसेको पूर्ण बैठकले केन्द्रीय सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा विराटनगरमा प्रदेश सम्मेलन गर्ने निर्णय गरेको हो । सम्मेलनमा प्रस्तुत गरिने राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव र आर्थिक प्रस्ताव तयारीका […]

एमालेलाई दानको जग्गामा भवन निर्माण नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

विराटनगर १२ कात्तिक । सर्वाेच्च अदालतले व्यवसायी मीनबहादुर गुरुङबाट दानमा लिएको जग्गामा पार्टी कार्यालय भवन निर्माण तत्काल अघि नबढाउन आदेश दिएको  छ । न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले यो विवादमा रिट निवेदक ज्ञानबस्नेतसमेत र विपक्षी नेकपा एमाले, व्यवसायी मीनबहादुर गुरुङलाई छलफलमा बोलाएको छ । अन्तरिम आदेशका लागि हुने उक्त छलफलअघि पार्टी कार्यालय भवन निर्माण यथास्थितिमा राख्ने […]