नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दै

विराटनगर ७ असोज । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो । नयाँ विधान र निर्वाचन निर्देशिकाअनुसार आज हुने पालिका अधिवेशनबाट हरेक पालिकामा पाँच जना पदाधिकारी चयन हुनेछन् । त्यसमा एक सभापति, एक महिलासहित दुई उपसभापति, एक […]

कम्युनिष्ट पार्टीहरुसँग एकता गर्न वार्ता समिति गठन

विराटनगर ६ असोज । नेपाली कम्युनिस्ट पार्टीले कम्युनिष्ट पार्टीहरुसँग एकता गर्न वार्ता समिति गठन गरेको छ । वार्ता समितिमा देव गुरुङ, प्रकाश ज्वाला र गंगानारायण श्रेष्ठ रहेका छन् । नेकपाको केन्द्रीय कार्यसमितिको मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले वार्ता समिति गठन गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो ।

१५ औँ महाधिवेशनलाई एकताको बनाउनको लागि अधिकतम लचकता अपनाउने

विराटनगर १ असोज । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनलाई एकताको बनाउनको लागि अधिकतम लचकता अपनाउने जनाएको छ । सानेपामा बसेको केन्द्रीय समिति बैठकपछि प्रवक्ता देवराज चालिसेले असन्तुष्ट नेताहरूले अघि सारेको माग सम्बोधन भइसकेको बताउनुभयो । उहाँले सिङ्गो पार्टीपंक्तिलाई महाधिवेशनमा केन्द्रित हुन आग्रह गर्नुभयो । १४ औँ महाधिवेशनबाट निर्वाचित अधिकांश केन्द्रीय सदस्य एकता प्रक्रियामा आइसकेको बताउनुभयो […]

देउवाद्वारा पार्टी एकताका लागि ७ बुँदे अपिल जारी, असोजको महाधिवेशनप्रति आपत्ति

विराटनगर ३० भदौ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गर्दै एकताबद्ध भएर अघि बढ्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई आह्वान गर्नुभएको छ । आज ७ बुँदे अपिल जारी गर्दै देउवाले पछिल्लो समय कांग्रेसभित्र देखिएको विवाद र असमझदारीप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको हो । अपिलमा देउवाले संस्थापन पक्षले पार्टीको विधि, विधान र परम्पराविपरीत […]

नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशनको तयारी

विराटनगर १६ भदौ । नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशनको तयारी थालेको छ । सर्वाेच्च अदालतबाट सभापति गगन थापा नेतृत्वको कार्यसमितिले अगाडि बढाएको १५ औँ महाधिवेशन रोक्न अस्वीकार गरेर देउवा समूहले छुट्टै महाधिवेशन गर्न लागेको हो । यसअघि देउवा समूहले राष्ट्रिय भेला राखेर देउवाकै नेतृत्वमा महाधिवेशन गर्ने निर्णय गरेको थियो। सो भेलाले महाधिवेशनको […]